sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » चार दिनदेखि विद्युत अवरुद्ध, सञ्चार माध्यम ठप्प

खोटाङ, साउन १८ । बिद्युत अवरुद्ध हुँदा खोटाङ अन्धकार भएको छ । गत शनिबारदेखि गाईघाट–दिक्तेल ३३ केभी बिद्यत प्रशारण लाईन अवरुद्ध हुँदा जिल्ला अन्धकार भएको हो । बिद्युत अभावमा हरेक सरकारी, गैर–सरकारी कार्यालय, संघसंस्था, बित्तीय कार्यालय, व्यवसाय तथा निजी कामकाज प्रभाबित भएको छ । 

व्याकअप सकिएपछि कतिपय कार्यालयले जेनेरेटरबाट काम गरिरहेका छन् । विद्युत अवरुद्ध हुँदा खोटाङका ३९ गाबिसका उपभोक्ता बाहेक छिमेकी जिल्ला ओखलढुंगाको जनजीवन समेत प्रभाबित भएको छ । 

बिद्युत अवरुद्ध हुँदा खोटाङका छापा तथा बिद्युतीय सञ्चार माध्यमको प्रकाशन तथा प्रशारण प्रभाबित भएको छ । गत शनिबारदेखि बिद्युत अवरुद्ध हुँदा खोटाङखबर साप्ताहिक, रुपाकोट साप्ताहिक र हलेसी साप्ताहिकको प्रकाशन बन्द भएको छ । हरेक शुक्रबार प्रकाशित हुँदैआएको हलेसी साप्ताहिक, आईतबार प्रकासित हुँदैआएको रुपाकोट साप्ताहिक र हरेक सोमबार प्रकाशित हुँदैआएको खोटाङखबर साप्ताहिक पत्रिका प्रकाशन हुन सकेको छैन । पत्रिका प्रकाशनकालागि प्रेसमा पु¥याए पनि बिद्युत अभावमा प्रकाशन हुन नसकेको हलेसी साप्ताहिकका सम्पादक हरिबोल आचार्यले बताए । 

पत्रिका प्रकाशन नहुँदा पाठक र सर्वसाधारण सुचना र सञ्चारबाट बञ्चित बनेका छन् । बिद्युतको अभावमा जिल्लाका हलेसी एफएम र रुपाकोट एफएमको प्रशारण समेत बन्द भएको छ । ‘पत्रिकालाई डिजाइन गरेर प्रेसमा पु¥याइयो,’ सम्पादक आचार्यले भने, ‘तर विद्युत नहुँदा पत्रिका प्रकाशन हुन सकेको छैन, ग्राहकले सोधेर हैरान पारिसक्यो ।’
नेपाल बिद्युत प्राधिकरण शाखा खोटाङका अनुशार रसुवादेखि उदयपुरको बरुवा खोलाबीचमा फल्ट भएकाले बिद्युत अवरुद्ध भएको हो । हालसम्म फल्ट भएको स्थान पत्ता लाग्न नसकेको प्राधिकरण शाखाका प्राबिधिक ध्रुब अधिकारीले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post