sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » पत्रकारलाई ‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको टि–सर्ट

चिसाङ शेर्पा
खोटाङ २४ साउन । बुद्ध नेपालमा जन्मेको प्रचारका लागि शेर्पा किदुक संघ मलेसियाले खोटाङका पत्रकारलाई टि–सर्ट वितरण गर्ने निर्णय गरेको छ । भारतले पटक–पटक बुद्ध भारतमै जन्मेको प्रचार गरिरहेकाले सो भ्रम चिर्नका लागि शेर्पा किदुक संघले पत्रकारलाई ‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको टि–सर्ट उपहार र प्रचार स्वरुप वितरण गर्ने निर्णय गरेको हो ।
बुद्ध नेपालमा जन्मेको प्रचार–प्रसार गर्दै आएको संघको आईतबार मलेसियाको परदेशी रेष्टुरेण्टमा बसेको बैठकले जिल्लाका दश जना क्रियासिल पत्रकारलाई ‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको टि–सर्ट बितरण गर्ने निर्णय गरेको जनाएको छ । साउन–२९ गते शनिबार नेपाल आउन लाग्नुभएका संघका पुर्वअध्यक्ष तेन्जिङ्ग शेर्पा र बर्तमान अध्यक्ष ङवाङनुरी शेर्पाले पत्रकारलाई ‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको टि–सर्ट बितरण गर्ने संघले निर्णय गरेको छ ।
शेर्पा संस्कृतिलाई जगेर्ना गर्दै शेर्पा ईतिहासलाई बिश्वसामु चिनाउनका लागि २०७२ असोज–२४ गते स्थापना भएको किदुक संघले बुद्ध जन्मेको स्थान सम्बन्धी भ्रम मेटाउनका लागि संघले मलेसियामा बिगत ५ महिना अघिदेखि प्रचार अभियान चलाउँदैआएको छ । हालसम्म ‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको एक हजार आठ सयभन्दा बढि टि–सर्ट बजारमा गएको र सोही हाराहारीमा वितरण भइसकेको संघले जनाएको छ ।
बुद्ध जयन्तीको अवशरमा संघले गत जेठ–८ गते १५ सय थान टि–सर्ट र दुई हजार प्रति क्यालेण्डर वितरण गरेको थियो ।
कार्य अवधि पूरा भएपछि स्वदेश आउन लाग्नुभएका पुर्वअध्यक्ष तेन्जिङ शेर्पालाई शेर्पा किदुक संघले बिदाई गरेको छ । हप्ता दिनमै स्वदेश आउन लाग्नुभएका पुर्वअध्यक्ष शेर्पालाई संघले खादा र सम्मानपत्रका साथ बिदाई गरेको हो । अध्यक्ष तेन्जिङ नेपाल आउने भएपछि किदुकको अध्यक्षमा ङवाङनुरी शेर्पालाई र सञ्चार सचिवमा मिङ्मा शेर्पालाई छनौट गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post