sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » पत्रकारको पिठ्युँमा ‘बुद्ध बोर्न इन नेपाल’

खोटाङ, भदौ १३ । बुद्ध नेपालमा जन्मेको प्रचारकालागि शेर्पा किदुग संघ मलेसियाले खोटाङका पत्रकारलाई टि–सर्ट वितरण गरेको छ । भारतले पटक–पटक बुद्ध भारतमै जन्मेको प्रचार गरिरहेकाले सो भ्रम चिर्नकालागि शेर्पा किदुग संघले जिल्लाका पत्रकारलाई ‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको टि–सर्ट उपहार र प्रचार स्वरुप बितरण गरेको हो ।
मलेसियामा बुद्ध नेपालमा जन्मेको प्रचार–प्रसार गर्दैआएको संघले पत्रकार चिसाङ शेर्पामार्फत पठाएको सेतो टि–सर्ट पत्रकार दमन राई, सुर्य तामाङ, दिलिप खत्री, उजीर कार्की, केदार मगर, रामधन राई, हरिबोल आचार्य, काजन राई, योगिन राई लगायतलाई बितरण गरिएको छ । किदुगका अध्यक्ष ङवाङनुरी शेर्पाबाट प्राप्त ७ थान र पुर्बअध्यक्ष तेन्जिङ्ग शेर्पाबाट प्राप्त २ थान टि–सर्ट सदरमुकाम दिक्तेलमा पत्रकार शेर्पाले नेपाल पत्रकार महासंघ शाखा खोटाङ्गका अध्यक्ष दमन राईलाई हस्तान्तरण गरेलगत्तै पत्रकारलाई वितरण गरिएको थियो । बुद्धको तस्बिर तल माथि शेर्पा भाषा र अंग्रेजी भाषामा बुद्ध नेपालमा जन्मिएको उल्लेख भएको टि–सर्टको कलर र बाउलाको किनारा निलो रहेको छ । किदुगको लोगो अंकित टि–सर्टमा नेपाल र मलेसियाको राष्ट्रिय झण्डा र स्वयुम्भुको आँखा समेत राखिएको छ ।
शेर्पा संस्कृतिलाई जगेर्ना गर्दै शेर्पा ईतिहासलाई बिश्वसामु चिनाउनका लागि २०७२ असोज–२४ गते स्थापना भएको किदुग संघले बुद्ध जन्मेको स्थान सम्बन्धी भ्रम मेटाउनकालागि संघले मलेसियामा बिगत ४ महिनाअघिदेखि प्रचार अभियान चलाउँदैआएको छ । विश्व शान्तीका अग्रदुत गौतम बुद्घको जन्मभूमी नेपालको कपिलवस्तु जिल्लाको लुम्बिनीमा भएको प्रमाण तथा आलेखहरु भएपनि बुद्घको जन्मका विषयमा भारतमा फैलाइएको अफवाहलाई गलत सावित गर्न किदुगले नेपाल सहित ११ राष्ट्रमा ‘बुद्ध बोर्न ईन नेपाल’ लेखिएको टि–सर्ट बितरणमार्फत प्रचारप्रसार गर्दैआएको छ ।
‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको टि–सर्ट मलेसियाका मुख्या–मुख्या शहर, कतार, साउदी, ईजरायल, दुबई, साईप्रस, ओमन, बहराईन, अमेरिका, जापान, पोर्चुगल, ईराक लगायतका देशमा बितरण भइरहेको संघले जनाएको छ । हालसम्म ‘बुद्ध बोर्न इन नेपाल’ लेखिएको एक हजार आठ सयभन्दा बढि टि–सर्ट बजारमा गएको र सोही हाराहारीमा वितरण भइसकेको संघका अध्यक्ष शेर्पाले बताए । बुद्ध जयन्तीको अवशरमा संघले गत जेठ–८ गते १५ सय थान टि–सर्ट र दुई हजार प्रति क्यालेण्डर वितरण गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post