sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » गायक गदालको एल्बम ‘पसिनाले बसेँ रुझेर’ सार्वजनिक

भदौ १९ । लोकदोहोरी गायक हर्क गदालको दोश्रो गीति एल्बम ‘पसिनाले बसेँ रुझेर’ खोटाङ सदरमुकाम दिक्तेलमा सार्वजनिक गरिएको छ ।

बाल्यकालदेखि नै निरन्तर गीत–संगीतको साधक गदालको बैदेशिक रोजगारसँग सम्बन्धित सचेतनामुलक लोकदोहोरी गीति एल्बम सनिबार भब्य कार्यक्रमको साथ राष्ट्रिय बाङमय कला प्रतिष्ठान नेपाल, खोटाङका अध्यक्ष बिष्णु आभुषणले सार्वजनिक गर्नुभएको हो ।

यसअघि ०६४ सालमा ‘धोका पाको छु’ बोलको गीति एल्बम बजारमा ल्याईसक्नुभएको खोटाङ खाल्लेका गदाललाई यस एल्बममा गायिका देबी घर्तीले साथ दिनुभएको छ । गायक स्वयमको शब्द, लय तथा रत्नानन्दको संगीतमा रहेको गीति भिडियो एल्बमको उत्पादक तथा बितरक शिबदर्शन फिल्म्स प्रालि हो । दिक्तेलस्थित सरस्वती उच्च माबिको सभाहलमा सम्पन्न कार्यक्रममा एल्बमको समीक्षा गायक तथा संगीतकार पृथी जिम्बा र पुर्बेली संगीत सरगम बिद्यालयका प्रमुख राजन पुर्बेलीले गर्नुभएको थियो । बाध्यताबस बिदेशका लागि घरबाट हिडेंदेखि नै पाईलैपिच्छे पाईने दुःख तथा अपनानुपर्ने प्रक्रिया र साबधानीका कुरा मार्मिक ढंगले गीतमा समेटिएको समीक्षकहरुको भनाई छ । 

खोटाङ गजल मञचको आयोजना तथा राष्ट्रिय बाङमय कला प्रतिष्ठान नेपाल, खोटाङ र बालसेवा समाज, नेपाल नेर्पा खोटाङ ( सुरक्षित आप्रवासन परियोजना, सामीको सहआयोजनामा सम्पन्न बिमोचन कार्यक्रमसँगै सिर्जना सुन्ने सुनाउने कार्यक्रम समेत राखिएको थियो । गजलकार शरण खत्री(मृदुल)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिष्णु आभुषण, बेदीकुमार राई, कृष्ण आचार्यलगायत जिल्लाका तीन दर्जन बढी श्रष्टाका सिर्जना तथा पृथी जिम्बा, लोकेन चाम्लिङ, पुर्बेली संगीत सरगम बिद्यालयका कलाकारहरुसँगै एक दर्जन बढीले गीत गाएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post