sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » मानव बेचबिखन विरुद्धको दिवस मनाउने तयारी

खोटाङ १७ भदौ । खोटाङमा आगामी भदौ–२० गते मानव बेचबिखनबिरुद्धको दिवस मनाउने तयारी गरिएको छ ।
विभिन्न अधिकारकर्मी संघ–संस्थाको समन्वय र सहकार्यमा महिला तथा बालबालिका कार्यालयले बाल क्लवलाई मानव बेचबिखनका बिषयमा जानकारी दिन कक्षा सञ्चालन र मानव बेचबिखनका बिरुद्ध सञ्चार माध्यमबाट जनचेतनामूलक सन्देश प्रशारण गर्ने तयारी गरेको छ । 

महिला तथा बालबालिका कार्यालयमा शुक्रबार बसेको बैठकले दिबस मनाउने निर्णय गरेको हो । सन्देशमुलक सूचना प्रशारणसँगै बाल क्लवका पदाधिकारीलाई ‘मानव बेचबिखन तथा ओसारपसार, अपराध नियन्त्रणको प्रयास र यसका कानूनी प्राबधान’को विषयमा जानकारी दिइने महिला तथा बालबालिका कार्यालयकी प्रमुख गोमा प्रसाईले बताउनुभयो । 
रोजगार दिने, श्रीमती बनाउने, आर्थिक प्रलोभन, नशालुपदार्थ खुवाएर वा सुँघाएर, फेसबुक, मोबाइल र इन्टरनेटबाट फकाउने, मिठो खुलाउने, राम्रो लगाइदिने र शहरमा राख्ने प्रलोभनमा मानव बेचबिखन हुनेगरेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ अनुशार मानब बेचबिखन गर्ने अभियुक्तलाई २० वर्ष कैंद र २ लाख जरिवाना हुने व्यवस्था छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post