sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » बाक्सिलाका अग्नी पिडित परिवारलाई प्रवासीको सहयोग

खोटाङ, २७ भदौ । खोटाङको बाक्सिलाका अग्नी पिडित १२ परिवारलाई प्रबासबाट आर्थिक सहयोग प्राप्त भएको छ । फरक–फरक समयमा भएको आगलागीबाट पिडित बनेका बाक्सिला–२ पिपलडाँडाका ९ परिवारसहित १२ पिडित परिवारलाई दुबई, साउदीअरब, ईजरायल, कतार लगायतका देशबाट आर्थिक सहयोग प्राप्त भएको हो । 

प्रबासबाट आएको रकम अग्नी पिडितलाई हस्तान्तरण गर्दै एमाले बैकल्पीक केन्द्रीय सदस्य राजन राई । 
हाल दुबईमा कार्यरत बाक्सिला–९ का उमेश राईको संयोजनमा प्रबासमा कार्यरत खोटाङ्गे तथा गैर–खोटाङ्गेबाट संकलन भएको १ लाख ९७ हजार ७७२ रुपैयाँ सहयोग रकम अग्नी पिडित परिवारलाई प्रदान गरिएको छ । बाक्सिलामा आयोजित रकम हस्तान्तरण कार्यक्रममा नेकपा एमालेका बैकल्पीक केन्द्रीय सदस्य राजन राईले अग्नी पिडित परिवारलाई प्रतिपरिवार १६ हजार ४८१ रुपैयाँका दरले रकम हस्तान्तरण गरेका छन् । 
गत फागुन–७ गते शुक्रबार बिद्युट सर्टहुँदा भएको आगलागीबाट बिस्थापित बनेका बाक्सिला–१ का सेतीमायाँ तामाङ, बलबहादुर तामाङ, सम्पूर्ण तामाङ, बिष्णुमायाँ तामाङ, आसमायाँ तामाङ, आरती तामाङ, सर्मिला तामाङ, लक्ष्मण तामाङ र अबिराज तामाङलाई प्रबासबाट आएको रकम प्रदान गरिएको छ । यस्तै, गत मंसिरमा भएको आगलागीबाट पिडित बाक्सिला–४ का ललितमान श्रेष्ठ, फागुन–२७ गते भएको आगलागी पिडित बाक्सिला–५ का धनबहादुर तामाङ र गत असार–१२ गते भएको आगलागीबाट बिचल्नीमा परेका बाक्सिला–९ का हिराधन राईलाई सहयोग रकम प्रदान गरिएको छ । आगलागीमा घर तथा अन्न, कपडा लगायतका बन्दोबस्तीका सामान जलेपछि बिचल्नीमा परेका परिवारको दैनिक जीवनयापनमा सहयोग पु¥याउनकालागि प्रबासबाट सहयोग गरिएको सहयोग संकलनको अभियानकर्ता उमेश राईले बताए । उनले दुबईमा १ लाख २२ हजार र ७५ हजार ७७२ बाँकी रकम अन्य देशबाट संकलन गरेका हुन् । बिभिन्न देशमा कार्यरत ४० जनाभन्दा बढि प्रबासीले आगलागी पिडितलाई सहयोग रकम दिएका थिए । 

बाक्सिला–२ पिपलडाँडामा बिद्युत सर्ट हुँदा रत्नकुमारको घरबाट सुरु भएको लागेको आगोले ९ परिवारको करिब ४५ लाख बराबरको धनमाल नष्ट भएको थियो । ९ पिडित परिवारलाई यसअघि खोटाङ उद्योग बाणिज्य संघ र जिल्ला दैबीप्रकोप उद्धार समितिको पहलमा नगद तथा खाद्यान्न, कांग्रेसले २० हजार ७०० रकम र सनसाईन बोर्डिङ स्कुल बाक्सिलाले प्रतिपरिवार ५ सयका दरले राहत प्रदान गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post