sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन घुम्ती शिविर

भदौ २० । वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने उद्देश्यले खोटाङको दक्षिणी क्षेत्रमा घुम्ती शिविर शुरु गरिएको छ । 
स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न उत्प्रेरित गर्दै विदेश जाने निधो गरिसकेकाहरुलाई सुरक्षित, भरपर्दो भई उपलब्धीमुलक बनाउन सुचना तथा सन्देश दिन सोमबारदेखि शिविर याम्खाबाट शुरु गरिएको हो ।
सुरक्षित आप्रवासन परियोजना सामी र बालसेवा समाज नेपाल, नेर्पाको साझेदारीमा सञ्चालित बिद्यालय तथा आम सञ्चार कार्यक्रमअन्तर्गत घुम्ती शिविरको रुपमा शुरु गरिएको कार्यक्रम जिल्लाका दक्षिणी २० गाबिसमा सञ्चालन गरिने कार्यक्रम अधिकृत युनिक साम्पाङले बताउनुभयो । 

कार्यक्रम अधिकृत साम्पाङका अनुसार शिबिरमा स्वदेशमै रोजगारी गर्न, बिदेश जाने भए सीपतालिम तथा सुचना र परामर्श लिएर मात्र जान, पैसा तिरेको बीलभर्पाई अनिबार्य लिन, कागजपत्रको फोटोकपी तथा पैसा तिरेको बिलभर्पाईको प्रतिलिपी घरमा वा आफनतको छाडेर जान जस्ता सचेतनामुलक सन्देशहरु दिईन्छ । 
यसैबीच, याम्खामा एक भेलाले बैदेशिक रोजगार हकहीत तथ संरक्षण केन्द्रको गठन गरेको छ । बैदेशिक रोजगारीबाट फर्किएकाहरुको भेलाबाट नारायणप्रसाद पराजुलीको अध्यक्षतामा  ११ सदस्यीय केन्द्र गठन गरिएको हो । केन्द्रले बैदेशिक रोजगारीका क्रममा अप्ठ्यारामा पर्ने तथा सो सम्बन्धीको हकहितमा काम गर्ने गर्दछ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post