sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » हाईड्रोपावरका प्रबन्ध निर्देशकलाई ज्यान मार्ने आएपछि प्रहरी परिचालन

खोटाङ, असोज ७ । केन्द्रीय प्रशारण लाईनमा जोडिन लागेको खोटाङको मेवा खोला हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईलाई नचिनिएका व्यक्तीबाट ज्यान मार्ने धम्की आएपछि आयोजना स्थलको सुरक्षार्थ प्रहरी परिचालन गरिएको छ । 

टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बाल्न लागिएको बेला हाईड्रोपावरको प्रबन्ध निर्देशक राईलाई सोमबार बिहान ज्यान मार्ने र आयोजना ध्वस्त पार्ने धम्की आएपछि बिहिबारदेखि आयोजनास्थलमा सईको कमाण्डमा ५ जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए । दिनभर आयोजनास्थल आसपासका गाउँमा गस्ती गर्ने र बेलुका मेवा खोला हाईड्रोपावरको आयोजना स्थलको सुरक्षा गर्ने गरी प्रहरी परिचालन गरिएको हो । 

दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोला किनारमा रहेको आयोजना स्थलको सुरक्षा व्यवस्थाकालागि प्रहरी निरिक्षक सरोज राई समेत आयोजना स्थल पुगेका छन् । ‘प्रबन्ध निर्देशक ज्यूको निबेदनका आधारमा सईको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको छ,’ प्रधानले भने, ‘दिनभर वरपरका गाउँमा गस्ती गर्ने टोलीलाई बेलुका आयोजनाको सुरक्षा गर्ने जिम्मेवारी दिइएको छ ।’ निर्भिक वाताबरणमा हाईड्रोपावरको काम गर्ने र तोकिएकै मितिमा योजना पूरा गर्ने वाताबरण बनाउनकालागि सुरक्षा टोली परिचालन गरिएको हो । प्रहरीको टोली हप्ता दिनसम्म आयोजना स्थलमा खटिने जनाइएको छ । 

योजना सुरु गर्दादेखिकै फरक–फरक नम्बरबाट पटक–पटक सामान्य धम्की आउने गरेकामा पछिल्लो पटक भने मोबाईलबाट योजना ध्वस्त गरिदिने र जुनसुकै बेला ज्यान मार्ने धम्की आएको प्रबन्ध निर्देशक राईले बताए । गत भदौ–३० गते सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर १ मेगावाट क्षमताको हाईड्रोपावर निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने जानकारी दिएपछि राई आयोजनास्थलमै बसेर काममा खट्दैआएका छन् । पुर्वसांसद समेत रहेका राई हाईड्रोपावरको कामका सिलसिलामा दिक्तेलबाट बुईपा जानेक्रममा गत असार–१८ गते शनिबार राती हुर्लुङमा बास बसेकै ठाउँमा निर्घात कुटिएका थिए । ज्यान मार्ने र आयोजना तोडफोड गरेर समाप्त पारिदिने धम्की आएपछि राई बसिरहेको आयोजना स्थलमा सोमबार राती पनि सुरक्षाकालागि प्रहरीको टोली खटाइएको थियो ।

यसअघि पनि उनलाई ‘किन योजना चलाएको भन्दै पैसा माग्ने’ गरिएको बताइएको छ । योजना सुरु गरिएको २०७१ साल मंसिरदेखि हालसम्मको अवधिमा २ थान हिल ट्यांक, ४ थान ड्रम, डिजेल, २ सय मिटर कालो तार, पाईप लगायतका सामान चोरी भएकोमा सोमबार राती आयोजनाको जेनेरेटर समेत तोडफोड भएको छ । राईमाथि धम्की दिने र हाईड्रोपावरको सामान चोरी गर्नेको हालसम्म पहिचान हुन नसकेको प्रजिअ चन्द्रबहादुर कार्कीले बताए । धम्कीलाई आयोजनालाई असफल बनाउने खेलकोरुपमा समेत बुझ्न थालिएको छ । जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाण्डौंको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post