sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसी जयराम सडक सुचारु

खोटाङ, ८ असोज । वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको खोटाङको हलेसी–जयराम सडक सुचारु भएको छ ।
सडकमा थुप्रिएको पहिरो पन्छाएर शनिबारदेखि सडक सुचारु गराइएको यातायात व्यवसायी संघ खोटाङका महासचिव राजकुमार राईले बताउनुभयो । बाहुनीडाँडाको कदुवास्थित मालेभीरमा पहिरो जाँदा बिहिबारदेखि सडक अवरुद्ध बनेको थियो ।

सडक सञ्चालनमा आएपछि मालबाहक तथा यात्रुबाहक सवारी साधन जयरामबाट हलेसीसम्म चल्न थालेको छ । हलेसीदेखि दिक्तेलबीचका सडकको अवस्थामा भने वर्षाका कारण अझै सुधार आउन नसकेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post