sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » दुधकोसी जलविद्युत आयोजनालाई स्वदेशी मोडलमा सञ्चालन गर्न माग

खोटाङ, १ असोज । नेकपा क्रान्तीकारी माओवादी खोटाङले दुधकोसी जलाशययुक्त जलविद्युत आयोजनाको काम स्वदेशी मोडलमा सञ्चालन गर्नुपर्ने माग गर्दै संघर्ष समिति गठन गरेको छ ।

आयोजनास्थल रहेको खोटाङको लामीडाँडाथित रभुँवामा शनिबार बसेको क्रान्तीकारी माओबादीको बैठकले जलबिद्युत आयोजनाको काम स्वदेसी मोडलमा गर्नकालागि दवाव सिर्जना गर्नका लागि खोटाङ र ओखलढुंगाका नेता तथा कायकर्तालाई समेटेर संघर्ष समिति गठन गरेको हो ।

 बैठकले खोटाङ डुम्रेधारापानीका रमेश अधिकारीको संयोजकत्वमा १५ सदस्यीय संघर्ष समिति गठन गरेको क्रान्तीकारी माओबादीले जनाएको छ ।

यसअघि गठन गरिएको संघर्ष समितिलाई पुःर्नगठन गरेर गर्दै पूर्णता दिइएको नेकपा क्रान्तीकारी माओबादी खोटाङका नेता झमप्रसाद आचार्यले बताउनुभयो । आगामी ३० महिनामा पूरा गर्नेगरी इटली र जापानको संयुक्त इएलसि इलेक्ट्रो कन्सल्ट एसपिए इन एसोसिएसन विथ न्यूजेक नामक कम्पनीले गत जेठ–१७ गतेदेखि आयोजनाको विस्तृत इन्जिनियरिङ डिजाईन, सामाजिक तथा वाताबरणीय र सम्भाव्यता अध्ययनका काम गरिरहेको छ ।
खोटाङ र ओखलढुंगाको रँभुवास्थित दुधकोसीमा बाँध हालेर निकालिने आकर्षक आयोजनाको काम आर्थिक वर्ष २०८२/०८३ मा सम्पन्न गर्नेगरी २०७६÷०७७ देखि सुरु गरिने बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post