sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » सडकको स्तरोन्नति लागि फुटबल

खोटाङ, ७ असोज । स्थानीयको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउने उद्धेश्यले खोटाङको दुर्छिममा होलेसुङ–जनकराज राई मार्ग कप सञ्चालन गर्न लागिएको छ ।

अढाई वर्ष लगाएर २०७२ साल जेठ–९ गते सम्पन्न गरिएको दुर्छिम–१ दलस्वर चोकदेखि सुनकोसी जोड्ने १२ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउनकालागि साकेला सिली फुटबल क्लब दुर्छिम–३ ले प्रतियोगीताको प्रथम संस्करण गर्न लागेको हो । आफ्नो श्रम र पसिनाले निर्माण गरिएको गाउँको सकडको प्रचार–प्रसार एबं स्तरोन्नतीमा सबैको ध्यानाकर्षणकालागि पुरुष फुटबल प्रतियोगीता गर्न लागिएको क्लवले जनाएको छ । आगामी कात्तिक–१० गतेदेखि १३ गतेसम्म सञ्चालन गरिने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २० हजार, दोश्रो हुने टिमले १० हजार तथा सेमीफाईनलबाट बाहिरिने टिमले ५/५ हजार प्राप्त गर्ने प्रतियोगीताका संयोजक कमल राईले बताए ।

फुटबल प्रतियोगीता स्थानीयकै पहलमा दुर्छिम–३ मा निर्माणाधिन कृष्णराम राई रंगशालामा सञ्चालन हुने आयोजकले बताएको छ । समुदायले निर्माण गरेको सडकलाई खेलकुदका माध्यमबाट स्थापित गराउँदै गाउँको बिकासमा माहोल सिर्जनाकालागि फुटबल प्रतियोगीता गर्न लागिएको बुद्धिजिबी तिलक चाम्लीङले बताए । ‘समुदाय मिलेर बनाइएको सडकलाई स्थापित गराउनु छ,’ चाम्लीङले भने, ‘त्यसकालागि उत्तम उपाय खेलकुद देखेर फुटबल प्रतियोगीता गर्ने सोच अघि बढाइएको हो ।’ प्रतियोगीताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर, उत्कृष्ट कोच लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ ।

‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित निर्माण गरिएको दुर्छिम–१ र ५ को ‘दलश्वर राई चोक’देखि दुर्छिम–३, दुर्छिम–४ को ख्रोप्पा हुँदै सुनकोशीको बतासेघाट जोड्ने सडकले क्षेत्रीय सडकको मान्यता पाइसकेको छ । करिब ४ सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङ्को स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post