sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » संविधान दिवसः भित्र खुसीयाली बाहिर बिरोध

खोटाङ, असोज ३ । नयाँ संबिधान जारी भएको वर्ष दिन पुगेको खुसीयाली मनाईरहँदा खोटाङमा संघीय समाजबादी फोरम नेपालले जिल्ला प्रशासन कार्यालय अगाडि कालोझण्डा गाडेर बिरोध जनाएको छ । 

संबिधान दिवस मूल समारोह समितिले दिबसको अवशरमा सोमबार जिबिसको सभाहलमा अन्तरक्रीया गरिरहँदा फोरमले संबिधानको बिरोधमा जिबिस पछाडिपट्टि रहेको प्रशासन कार्यालय अगाडि कालो झण्डा गाडेर बिरोध जनाएको हो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, जिल्ला न्यायधिस शान्तिप्रसाद आचार्य, जनपथ प्रहरीका डिएसपी नबिनकिशोर प्रधान, शसस्त्र डिएसपी गोपीकृष्ण ठाकुर लगायत राजनैतिक दल, कार्यालय प्रमुख, संघसंस्थाले संबिधान जारी भएको दिनलाई ऐतिहाँसिक दिनकारुपमा मनाइरहेको समयमा संघीय समाजबादी फोरमले भने कालो दिनकोरुपमा बिरोध जनाएको हो ।

 जिबिस हलभित्र गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समाबेशीता र सामाजिक न्याय लगायतका बिशेषता भएको संबिधानको चर्चा चलिरहेकोबेला बाहिर भने संघीय समाजबादी फोरमले नयाँ संबिधान जारी गरेर अन्तरिम संबिधानले दिएको अधिकार समेत खोस्ने काम गरिएको नाराबाजी गरिरहेका थिए । संबिधान जारी भएको दिनलाई कालो दिनकारुपमा प्रशासन अगाडि झण्डा गाडेर नाराबाजी गरिएको संघीय समाजबादी फोरमका केन्द्रीय सदस्य सनबहादुर राईले बताए । फोरमले प्रशासन अगाडि नाराजुलुसपछि पार्टी कार्यालयमा पुगेर अन्तरक्रीया गरेको जनाएको छ । संघीय समाजबादी फोरमका नेता तथा कार्यकर्ता फर्किए लगत्तै प्रहरीले कालो झण्डा उखालेर फालेको थियो । प्रजिअ कार्की दिबसको अवशरमा आयोजित कार्यक्रम सकेर बिहान १०ः३० बजेतिर कार्यकक्षमा पुग्नुअगावै फोरमका नेता तथा कार्यकर्ता फर्किसकेका थिए । दिबसमा राजनैतिक दलमध्ये नेपाली कांग्रेस, एमाले, नेकपा माओबादी केन्द्र, राप्रपा नेपाल, राप्रपा, नेकपा मालेको मात्र सहभागीता रहेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post