sponsor

समाचार

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » लालुपाते सहकारीको कारोबार २ करोड १७ लाख

खोटाङ, १९ भदौ । वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्दै आएको खोटाङको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाले स्थापनाको पहिलो वर्षमै २ करोड भन्दा बढिको आर्थिक कारोबार गरेको छ । गत वर्ष सदरमुकाम दिक्तेलबाट सेवा सुरु गरेको लालुपातेले स्थापनादेखि गत असार–३१ गतेसम्ममा २ करोड १७ लाख ५४ हजार ५४१ रुपैयाँ कारोबार गरेको हो ।

लालुपातेको शनिबार आयोजित प्रथम वार्षिक साधारणसभामा सहकारीका अध्यक्ष अनिल जोशीले स्थापनादेखि असार मसान्तसम्ममा शेयर पुँजी २१ लाख ९१ हजार १ सय रुपैयाँ, निक्षेपतर्फ १ करोड ९६ लाख ८१ हजार ३७७ रुपैयाँ र लगानीतर्फ १ करोड ४३ लाख १० हजार २४३ रुपैयाँ बराबरको कारोबार भएको जानकारी दिए । जिल्लामा हालसम्म बित्तिय कारोबार सम्बन्धीका मात्र सेवा प्रबाह गर्दै आएको सहकारीको भीडमा लालुपातेले उत्पादनमूलक, कृषि उपजका सहकारी पसल, उत्पादलशिल क्षेत्रमा लगानी लगायतका सेवाको नारा लिएर पृथक सेवा प्रबाह गर्दैआएको छ । २०७२ साल मंसिर–१० गते सेवा सुरु गरेको सहकारीको साधारणसभा सांसद पिके राईले उदघाटन गरेका थिए ।

बित्तिय कारोबार बाहेक व्यापार व्यवसाय सञ्चालन, स्थानीय कृषिजन्य उपज उत्पादन, कृषिजन्य बस्तुको संकलन तथा बजार व्यवस्थापनका क्षेत्रमा लगानी गरिएको सहकारीले जनाएको छ । दिक्तेल नगरपालिका–१ बैंकचोकमा कार्यालय रहेको सहकारीले धूप उत्पादनका साथै जुस, साबुन र स्याम्फुको बजारीकरणका काम गरिरहेको अध्यक्ष जोशीले जनाए । बचत संकलन, कर्जा लगानी, आईएमई बाहेक स्थानीय उत्पादनमा जोड दिँदै बजारको सरलीकरणका सेवा प्रदान गरिने लालुपाते बहुउद्धेश्यीय सहकारीले जनाएको छ ।

‘सहकारीबाट वित्तीय कारोबार त हुने नै भयो,’ अध्यक्ष जोशीले भने, ‘व्यापार गर्ने, कृषिजन्य उत्पादनका काम गर्ने उद्यमीलाई लक्षीत गरेर ऋण प्रबाह पनि गरिरहेका छौँ ।’ आफै स्थानीय थोकबस्तुको उत्पादन गर्दै अरुलाई पनि आत्मनिभरताकालागि उत्पादनमा प्रोत्साहित गर्ने सहकारीको लक्ष्य छ । सहकारीले गाउँ–गाउँमा उत्पादित तरकारीको बजार व्यवस्थापनकालागि पहिलो प्राथमिकता दिएको छ । सहकारीले आफ्नो प्रतिनिधिमार्फत गाउँ–गाउँबाट तरकारीजन्य कृषियपज संकलन गरेर बजारीकरण गर्दैआएको अध्यक्ष जोशीले जानकारी दिए । विक्री गर्न जानेक्रममा फाईदाभन्दा बेफाईदा बेहोरिरहेका किसान सहकारीको यस अभियानबाट बढि लाभान्बित भएका छन् । सहकारीले क्रमशः साबुन, चाउमिन लगायतका स्थानीय उत्पादन प्रबर्धन गर्ने योजना अघि सारेको छ । सहकारीले जिल्लाको हलेसी, तुवाचुङ, रुपाकोट, दिक्तेल लगायतको पर्यटन प्रबद्र्धनमा समेत जोड दिने जोशीले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post