sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » शिक्षक सहकारीको साधारण सभा सम्पन्न

खोटाङ, असोज ९ । शिक्षकहरुले मात्र सञ्चालन गर्दै  आएको शिक्षक हित बचत तथा ऋण सहकारी लिमिटेड खोटाङले दुई वर्षको अवधिमा साँढे ८ लाख बढिको आर्थिक कारोबार गरेको छ ।
जिल्लाका ५५ शिक्षकले २०७१ साल असार ३२ गते सुरु गरेको सहकारीले हालसम्म ८ लाख ७१ हजार २०३ रुपैयाँ कारोबार गरेको जनाएको छ । शनिबार दिक्तेलको सरस्वती उच्च माबिको हलमा आयोजित दोश्रो साधारणसभामा सहकारीका कोषाध्यक्ष किशोर भण्डारीले शेयर पुँजी ३ लाख ६६ हजार ६ सय, बचत निक्षेप ३ लाख ८९ हजार २१३, नाफा ७३ हजार ६२३ रुपैयाँ भएको लगायतका आर्थिक गतिबिधिका बिषयमा जानकारी दिए । उनले आर्थिक वर्ष २०७२/०७३ मा मात्र १ लाख ८ हजार २५८ रुपैयाँ आम्दानी गरेको बताए । हालसम्म सहकारीले ८ लाख १४ हजार ३११ रुपैयाँ लगानी गरेको र ५६ हजार ८९२ रुपैयाँ बैंकमा मौज्दाद रहेको जनाएको छ । 
आर्थिक समस्यामा परेका शिक्षकलाई सस्तो व्याजदरमा ऋण उपलव्ध गराउने उद्धेश्यले शिक्षककै सामुहिक पहलमा स्थापना गरिएको सहकारीको साधारणसभाले बचत तथा ऋण निती पारित गरेको छ । यस्तै, हालसम्म चौमासिकरुपमा प्रतिव्यक्ती १ हजार बचत उठाउँदै आएको सहकारीले नयाँ आर्थिक वर्ष प्रतिव्यक्ती चौमासिक २ हजार बचत सुरु गर्ने तयारी गरेको छ । 

हाल ८२ शेयर सदस्य रहेको सहकारीले आगामी आर्थिक वर्ष शेयर सदस्य २ सय पु¥याउने लक्ष्य राखेको छ । सहकारीले आगामी वर्षदेखि हरेक साधारणसभामा सिकाई उपलव्धीका आधारमा उत्कृष्ट शिक्षकलाई सम्मान गर्ने निती तथा कार्यक्रम पारित गरेको छ । कार्यक्रममा सचिव नवीन चामलीङले सहकारीको सांगठनिक प्रतिबेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रम जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेको प्रमुख आतिथ्य एबं नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष मनकाजी राई, नेपाल शिक्षक युनियनका अध्यक्ष मेघनाथ घिमिरे र शैक्षिक तालिम केन्द्रका बरिष्ठ प्रशिक्षक बिष्णप्रसाद भट्टराईको बिशेष आतिथ्यमा सम्पन्न भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post