sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » अस्पतालको सम्पत्ती बिक्रीबारे दलको आपत्ती, आन्दोलनको तयारी

खोटाङ, असोज ११ । खोटाङका दश राजनैतिक दलले स्वभाबिकभन्दा कम मूल्यामा जिल्ला अस्पतालको सामान तथा उपकरण लिलाम गर्नमा संलग्न कर्मचारीलाई कारबाही गर्न आवाज उठाएका छन् । 
स्थानीय शान्ति समितिको कार्यालयमा मंगलबार बसेको सर्वदलीय बैठकले ‘कौडी’को भाउमा अस्पतालको उपकरण तथा सामान लिलाम बिक्री गर्ने दोषीलाई अबिलम्ब कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष माग गरेका हुन् । मर्मत गर्दा काम लाग्ने एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली, बेड लगायतका ११२ थरिका उपकरण तथा सामानलाई न्यून मूल्यामा लिलाम गरिएको जनगुनासो चुलिँदै गएकोबेला सर्वदलीय बैठकले दोषीलाई छाड्न नहुने निर्णय गरेका छन् । 
नेकपा क्रान्तीकारी माओबादीका किरात राज्य समिति सदस्य देबीप्रसाद रिजालको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले लिलाम उपकरण तथा सामानका बिषयमा कारबाहीकालागि दवाव सिर्जना गर्न आन्दोलनसम्म गर्ने निर्णय गरेको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले बताए । 
अस्पतालको करोडौंको उपकरण तथा सामानहरु लिलाम बिक्री हुँदा समेत चुपचाप बसेको भन्दै आलोचना भइरहँदा सबै दलका प्रमुख तथा प्रतिनिधिले आगामी असोज–१३ बिहिबार गतेभित्र सन्तोषजनक कारबाही नभए शुक्रबार प्रशासनलाई अल्टिमेटम सहितको ज्ञापनपत्र दिने तयारी गरेका छन् । असोज–१४ गते बस्ने सर्वदलीय बैठकले लिलाम उपकरणका बिषयमा कारबाहीकालागि दवाव सिर्जना गर्न कडा आन्दोलन घोषणा गरेर अघि बढ्ने तयारी बैठकले गरेको छ । श्रोतका अनुशार दलहरु जनस्वास्थ्य कार्यालयमा ताला, कोणसभा, बिरोध जुलुस प्रदर्शन लगायतका आन्दोलन गर्ने मनोस्थितिमा पुगेका छन् । गत भदौ–२१ गते बसेको सर्वदलीय बैठकले घट्नाका विषयमा सत्यतथ्य बुझ्न प्रशासनलाई गरेको आग्रह सुनुवाई नभएकाले कडारुपमा प्रस्तुतु हुनुपर्ने अवस्था आएको नेताहरुले बताएका छन् । 
सर्वदलीय बैठकमा बोलाईका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले लिलाम उपकरण तथा सामानका बिषयमा छानबीन गर्न दुई दिनको समय मागेका कारण त्यतिञ्जेल पर्खने र चित्तबुझ्दो कारबाही नभए बिरोधका कार्यक्रम गर्ने निष्कर्षमा पुगिएको शान्ति समितिका संयोजक राईले जनाए । जिल्ला अस्पतालले जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० थरिका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री गरेको ७ महिनापछि खुलासा भएको थियो । जिल्ला अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएको सार्वजनिक भएपछि अस्पतालले कम मूल्यामा उपकरण लिलाम गरेको खुलासा भएको हो । खोटाङ एकता सेवा समाजले पनि भदौ–२९ गते प्रशासनमा ज्ञापनपत्र बुझाउँदै लिलाम बिक्रीमा संलग्न दोषीलाई कारबाही माग गरेको थियो । सामान काठ्माण्डौं, बिराटनगर लगायतका ठाउँमा पु¥याइएको पाइएकाले छानबीन गर्न समय लाग्ने प्रजिअ कार्कीले बताए । 
अस्पताल बिकास समितिलाई नै जानकारी नदिइ सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलेमतोको आशंका गरिएको छ । खोटाङ एकता सेवा समाजले लिलाम गरिएका उपकरण तथा सामान तत्काल शिलबन्दी गरेर दोषी पत्ता लगाएर कारबाही गर्न चर्को आवाज उठाएपछि जिल्ला प्रशासन कार्यालयले भदौ–३१ गते खरिदकर्ता रहेका दिक्तेल नगरपालिका–२ का बिनोद दाहालको घरबाट २५ प्रकारका सामानलाई सिलबन्दी गरेको थियो । अस्पतालको उपकरण लिलामका बिषयमा अख्तियारले समेत चासो दिएको छ । कसैलाई थाहै नदिइ सार्वजनिक सम्पत्ती लिलाम गरिएको भन्दै उद्योग बाणिज्य संघको आग्रहमा स्थानीय शान्ति समितिको कार्यालयमा भदौ–२१ गते बसेको सर्वदलीय बैठकले घट्नाका विषयमा सत्यतथ्य बुझ्न प्रशासनलाई आग्रह गरेको थियो । सार्वजनिक सम्पत्तीका बिषयमा सबैलाई जानकारी नदिइएकाले सबैतिरबाट प्रश्न उठेको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । 
कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन–१६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि १५ दिने सूचना टाँस गरेर चैत्र–२ गते लिलाम बिक्री गरिएको अस्पतालले जनाएको छ । पूरानो भएको, खिया लागेको, टुटफुट भएको, बिग्रिएको र भाँचिएर मर्मत संभार हुन नसक्ने अवस्था पुगेका उपकरणहरु लिलाम बिक्री गरिएको बताइए पनि कतिपय उपकरणहरु सिल प्याक नै नतोडिएको अवस्थामा लिलाम गरिएको स्वयं सामान खरिदकर्ताहरु बताउँछन् । दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले उपलव्ध गराएको भिडियो एक्स–रे मेसिन समेत लिलाममा परेको छ । श्रोतका अनुशार लिलाममा गएका भनिएका कतिपय कम्प्यूटर कार्यालयकै कर्मचारीले राखेको छ । नयाँ कम्प्यूटरलाई एक थाउँमा थन्को लगाएर राख्ने र पछि पूरानो भएको भनेर लिलाममा पारिएको श्रोतको भनाई छ । लाईफ लाईन नेपालका रामकुमार भट्टराईको निरिक्षण र मूल्यांकन पछि काम नलाग्ने ठहरिएका उपकरण लिलाम गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post