sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » रावा खोलामा बेपत्ता खड्काको शव दुधकोसीमा फेला

खोटाङ, १ असोज । गाईगोरु तार्नेक्रममा खोलाले बगाउँदा बेपत्ता भएका खोटाङको हौंचुर–४ का सिताराम खड्काको शव तीन दिनपछि फेला परेको छ ।

गाईगोरु तार्नेक्रममा रावा खोलाले बगाउँदा बुधबार दिउँसोदेखि बेपत्ता भएका खड्काको शव शुक्रबार दिउँसो दुधकोसी दोभानमा फेला परेको हो । प्रहरी र आफन्तले खोजी गर्नेक्रममा खड्काको शव घट्नास्थलबाट करिब दुई÷तीन घण्टा तल लामीडाँडा–९ रभुँवास्थित दुधकोसी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक सरोज राईले बताए ।

 गोठालो गएका समय उनलाई हौंचुर–४ कै भुतिया भन्ने ठाउँबाट खोलाले बेपत्ता बनाएको थियो । बेपत्ताको खोजीमा रावा खोला आसपासका जालपा, डुम्रेधारापानी, लामीडाँडा तथा ओखलढुंगाका प्रहरीचौकीलाई परिचालन गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post