sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » जिल्ला अस्पताल खोटाङसँग दाता पनि असन्तुष्ट

भदौ २५ । आफुले सहयोग स्वरुप दिएको भिडियो एक्स–रे मेसिन जिल्ला अस्पताल खोटाङले लिलाम बिक्री गरेको थाहा पाएपछि शुभेच्छुक दाता असन्तुष्ट बनेका छन् ।

करिब १९ वर्षअघि दिइएको भिडियो एक्स–रे मेसिन अस्पतालले जानकारी नै नदिइ लिलाम बिक्री गरेको खुलासा भएपछि खोटाङ समाज कल्याण कोष दक्षिण कोरियामा आवद्ध खोटाङबासीले असन्तुष्ट जनाएका हुन् । आफुले चन्दा उठाएर उपलव्ध गराएको भिडियो एक्स–रे मेसिन मर्मत गरेर सञ्चालनमा ल्याउनुको सट्टा अस्पतालले जानकारी नै नदिइ लिलाम बिक्री गरेको खोटाङ समाज कल्याण कोष दक्षिण कोरियाका संयोजक निसान राईले बताए । खोटाङ समाज कल्याण कोषले दक्षिण कोरियामा रहेका खोटाङबासीबाट स्वेच्छिक सहयोग संकलन गरेर २०५४ सालमा जिल्ला अस्पताललाई ३६ लाखको लागतमा एक थान भिडियो एक्स–रे मेसिन उपलव्ध गराएको थियो ।

जिल्ला अस्पतालले गत फागुनमा दक्षिण कोरियाबाट प्राप्त भएका भिडियो एक्स–रे मेसिन सहित ११२ थरिका उपकरण तथा सामान लिलाम बिक्री गरेको ७ महिनापछि खुलासा भएको हो । दाताबाट प्राप्त भएको उपकरणलाई समेत लिलाम गरेपछि अस्पतालको बिकासमा सहयोग गर्ने शुभेच्छुकलाई दुखित बनाएको संयोजक राईले बताए ।

भिडियो एक्स–रे मेसिन जुटाउनकालागि स्वयं राईले ११ लाख र अन्य शुभेच्छुक जिल्लाबासीबाट प्रतिव्यक्ती २ डलरका दरले चन्दा उठाइएको थियो । भिडियो एक्स–रेलाई काठ्माण्डौंबाट हेलीकोप्टरमा हालेर दिक्तेलमा ल्याइएको थियो । दुई वर्षको अभियानपछि मात्र मेसिन जुटाएको राईले बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post