sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » आगलागीले विद्यालयमा १८ लाखको नोक्सान

खोटाङ, भदौ ३१ । खोटाङको हौंचुरस्थित पञ्चकन्य निमाबिको अफिस कोठामा आगलागी हुँदा १७ लाख ९६ हजार ६०६ रुपैयाँ बराबरको सम्पत्ती क्षती भएको छ ।

बिद्युत सर्ट हुँदा सल्किएको आगोले प्रशासन कक्षभित्र राखिएका ३ थान दराज, महत्वपूर्ण कागजात, ४ थान कम्प्यूटर, ५ हजार नगद, ८ थान ठूलो कुर्सी, ४ थान टेबल, ५ थान सानो कुर्सी, लाइब्रेरी दराजमा राखिएका २ सय थान पुस्तक, २ हजार थान शैक्षिक सामग्री लगायतका सामग्री जलेको प्रधानाध्यपक मनीराज गुरुङले बताउनुभयो । यस्तै, १ थान प्रिन्टर, ४ थान ह्वाईटबोर्ड, ३ थान पाल, कक्षा १ देखि ७ सम्मको ३० सेट नयाँ पुस्तक, स्टोर रुममा राखिएका करिब ५ सय थान पुस्तक जलेको छ । आगोमा बिद्यालयको अफिस कोठाबाहेक सँगै जोडिएका बाल शिक्षा, कक्षा १ र स्टोर रुम समेत जलेको छ ।

हाईभोल्टेजका कारण बिद्यालयमा आगलागी भएको अनुमान गरिएको अभिभाबक मोहन गुरुङले बताउनुभयो । कोठाको जस्ता र काठपात डढेर कुरुप भएपनि प्रशासन कक्षको छाना भने डढेर प्लाल नै परेको छ । जानकारी आएपछि प्रहरी सहायक निरिक्षक बाबुराम खड्का नेतृत्वको प्रहरी घट्नास्थल पुगेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक नबिनकिशोर प्रधानले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post