sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » कारागारभित्र महिला अधिकारकर्मील बन्दीसँगै मनाए तीज

खोटाङ, १८ भदौ । खोटाङका महिला अधिकारकर्मीले जिल्ला कारागार शाखाका महिला कैंदीबन्दीसँग तीज मनाएका छन् । 

महिला रक्षक सञ्जाल, सरकारी कार्यालय, विद्यालय लगायतमा आवद्ध महिला अधिकारकर्मीले विभिन्न मुद्धामा जेल जीवन बिताइरहेका महिला अधिकारकर्मीसँग कारगारभित्रै तीज मनाएका हुन् । व्यक्तिगत खर्चमा महिला अधिकारकर्मीले कैंदी महिलासँग दर खाँदै नाचगान गरेका छन् । परिवार र आफन्तबाट अलग भएर कारागारमा निरासामा दिन बिताइरहेका महिलाको उत्साहकालागि जिल्लाका अधिकारकर्मीले उनीहरुसँग रमाईलो गर्दै तीज मनाएका हुन् । 

जिल्ला कारागारमा कर्तव्य जान, ज्यान मार्ने उद्योग, बहुबिवाह, चोरी लगायतका मुद्धामा १२ महिलाले जेल जीवन बिताइरहेका छन् । उनीहरुसँगै पाँच वर्षमुनिका बच्चाहरु कारागारमा छन् । सुरुमा दर खाएर नाचगान गर्दै खुसीयाली मनाइएको थियो । सुरुमा नाचगानकालागि तयार नभएका कैंदी महिला केही समयपछि मात्र रमाईलो गर्नका लागि खुलेका थिए ।

अधिकारकर्मीले ‘हामी तपाईकै दिदिबहिनी हौँ, सँगै तीजमनाउन आएका हौँ, अप्ठ्यारो मान्न पर्दैन’ भनेपछि उनीहरुले पनि गीत गाउँदै छमछमी नाचेका थिए । कैंदी महिलाको नैराश्यता मेटाउन र उनीहरुलाई आफन्तसँगै भएको महसुस गराउनकालागि सामुहिकरुपमा तीजमनाइएको महिला रक्षक सञ्जालकी अध्यक्ष पुर्णमायाँ तामाङले बताईन् । महिला कैंदीले आश्रित चार बालकको पठनपाठनको व्यवस्थाकालागि अधिकारकर्मी समक्ष आग्रह गरेका छन् । अधिकारकर्मीसँगै कैंदीमहिलासँग भेटघाट गर्न कारागार पसेका सांसद पिके राईले आश्रित बालबच्चाको शिक्षादिक्षाकालागि पहल गर्ने आश्वसन दिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post