sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » प्रेस सेन्टर खोटाङको अध्यक्षमा तामाङ

खोटाङ, १८ भदौ । प्रेस सेन्टर नेपाल खोटाङको अध्यक्षमा सुर्य तामाङ चयन भएका छन् । सदरमुकाम दिक्तेलमा शुक्रबार १७ भदौममा सम्पन्न दोस्रो सम्मेलनबाट तामाङ अध्यक्षमा निर्विरोध चयन भएका हुन् । 
एघार सदस्यीय समितिको उपाध्यक्षमा रामधन राई, सचिवमा संगीता राई, सहसचिवमा रमिला राई र कोषाध्यक्षमा सर्मिला विश्वकर्मा चयन भएका छन् । 

पत्रकार उपचार अक्षयकोष स्थापना
प्रेस सेन्टर नेपाल खोटाङको सम्मेलनपछि शुक्रबारै बसेको कार्यसमितिको पहिलो बैठकले जिल्लामा ‘पत्रकार उपचार अक्षयकोष’ स्थापना गर्ने निर्णय गरेको छ । जिल्लामा क्रियासिल पत्रकारहरु बिरामी परेको खण्डमा कोषमा जम्मा भएको रकम खर्च गर्नेगरी समितिले रु. एक लाख बराबरको अक्षयकोष स्थापना गर्ने निर्णय गरेको हो । 
महिनादिन भित्र निर्माण गरिने अक्षय कोषका लागि सबैसँग सहयोगको अनुरोध गरिने अध्यक्ष तामाङले बताए । खोटाङमा स्थापना हुने अक्षयकोषका लागि केन्द्रीय समितिबाट ५० हजार जम्मा गरिदिने सदस्य भीम राईले प्रतिवद्धता जनाए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post