sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » संघर्षशील पत्रकारिता पुरस्कार डम्बरसिं राईलाई

खोटाङ, असोज–१४ । ‘किरात राई पत्रकार संघर्षशील पत्रकारिता पुरस्कार’बाट खोटाङका पत्रकार डम्बरसिं राई पुरस्कृत भएका छन् । खोटाङकै कृषि विशेषज्ञ मदन राईले उपलव्ध गराएको एक लाख रुपैयाँको अक्षयकोषबाट २०७१ सालमा स्थापना गरिएको संघर्षशील पत्रकारिता पुरस्कारबाट पहिलोपल्ट पत्रकार राई पुरस्कृत भएका हुन् । पत्रकार राईलाई काठ्माण्डौं कोटेश्वरस्थित किरात राई यायोक्खाको सुम्नीमा हलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्टले फेटा ओढाएर नगद ९ हजारका साथमा सम्मानपत्र प्रदान गरे । संघको नवौं स्थापना दिबसको अवशरमा आयोजित कार्यक्रममा संघका पुर्वअध्यक्ष भीषण राई र संस्कृतिकर्मी एबं समाजसेबी अशोक राईलाई पनि सम्मान गरिएको छ । खोटाङमा बसेर १५ वर्षदेखि पत्रकारितामा क्रियासिल पत्रकार डम्बरसिं हाल कान्तीपुर दैनिकका उपसम्पादककारुपमा कार्यरत छन् । 
पत्रकार डम्बरसिं राईलाई पुरस्कार प्रदान गर्दै
पत्रकार महासंघका अध्यक्ष महेन्द्र बिष्ट । 

पुरस्कार तथा सम्मान राजधानी केन्द्रीत हुनेगरेकोमा संघले स्थापना गरेको पुरस्कार मोफसल केन्द्रित गरिएको किरात राई पत्रकार संघका अध्यक्ष दिपेन्द्र राईले बताए । पत्रकारिताको माध्यमबाट समुदायको विकासको लागि योगदान पु¥याउने राई पत्रकारहरुको प्रतिभा र हौसला बृद्धिकालागि पुरस्कार स्थापना गरिएको हो । अक्षयकोषबाट प्राप्त हुने बार्षिक ब्याजबाट प्रत्येक वर्ष एक जना राई समुदायका पत्रकारलाई पुरस्कृत गरिने संघले जनाएको छ । 

पुरस्कार बितरण तथा सम्मान कार्यक्रममा महासंघका अध्यक्ष बिष्ट, आदिबासी जनजाती पत्रकार महासंघ फोनिजका महासचिव गजुरधन राई, कृषिबिज्ञ मदन राई लगायतले बोलेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post