sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » एसएलसीको प्रमाणपत्रमा मनपरी शुल्क असुलेको आरोप

खोटाङ २१ भदौ । एसएलसीको मार्कसिट तथा चारित्रिक प्रमाणपत्र लिने विद्यार्थीबाट मनपरी शुल्क असुलेको भन्दै समाजवादी विद्यार्थी फोरमले जिल्ला शिक्षा कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

एसएलसी उत्तिर्ण गरेको प्रमाणपत्र लिने क्रममा बिद्यालयले बिद्यार्थीबाट जनही १ हजार ५ सयदेखि ३ हजारसम्म असुलेको भन्दै विद्यार्थी फोरमले जिल्ला शिक्षा अधिकारी निर्मल घिमिरेको ध्यानाकर्षण गराएका छन् । 

मंगलबार जिल्ला शिक्षा कार्यालयमा पुगेका विद्यार्थी संगठनले शैक्षिक प्रमाणपत्र दिने क्रममा बिद्यालयले अभिभाबक र विद्यार्थीको ढाड सेक्ने काम गरेको भन्दै जिसिअ घिमिरेको ध्यानाकर्षण गराएका हुन् । 

कतिपय माबिले अन्यत्र अध्ययन गर्न जाने बिद्यार्थीबाट बढि र सोही ठाउँमा अध्ययन गर्ने विद्यालयबाट कम शुल्क लिने गरेको पाइएकाले बिरोध गर्नुपरेको समाजवादी विद्यार्थी फोरम खोटाङका अध्यक्ष रबिन खम्बूले बताए । जिशिअ घिमिरेले विद्यालयको कमजोरी पाइएमा सच्याउने बताए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post