sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » प्रधानाध्यापकसहित चार जनाविरुद्ध अख्तियारमा उजुरी

खोटाङ, २३ भदौ । रकम हिनामिना गरेको आरोपमा जिल्लाको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक र समितिका दुई सदस्य विरुद्ध अख्तियारमा उजुरी परेको छ । जिल्लाको दक्षिणी गाविस दुर्छिम–५ स्थित दुर्छिम उच्च माविका व्यवस्थान समिति अध्यक्ष रुपेन्द्र राई, प्रधानाध्यापक विष्णुकुमार राई, समितिका सदस्य प्रदिप राई र बाल राईविरुद्ध उजुरी परेको हो । 

अध्यक्ष, प्रअ र दुई जना सदस्यको मिलेमतोमा दलित छात्रवृत्ति, भवन निर्माण तथा दातृ निकायबाट प्राप्त रु ३५ लाख ५० हजार रकम हिनामिना भएको उजुरीमा उल्लेख छ । दलित छात्रवृत्तिका लागि आर्थिक वर्ष २०७०/०७१, २०७१/०७२ र २०७२/०७३ मा आएको तीन÷तीन लाख गरी जम्मा नौं लाख, विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालयबाट प्राप्त २४ लाख, अभिभावकबाट चन्दा संकलन गरिएको एक लाख र फर्निचर निर्माणका लागि गाविसबाट छुट्याइएको एक लाख ५० हजार रुपैयाँ रकम उनीहरुले हिनामिना गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय काठमाडौंमा परेको उजुरीमा दाबी गरिएको छ । 

विद्यालयमा आउने अन्य विभिन्न शिर्षकका रकमसमेत उनीहरुले आफू अनुकुल भागबण्डा गरेर खाने गरेको अभिभावकले दिएको उजुरीमा जनाइएको छ । विद्यालयमा भएको आर्थिक हिनामिना तथा उनीहरुले गरेका अनैनितक व्यवहारप्रति तत्काल छाविन गरेर आरोपितहरुलाई कानूनी कारबाही गर्न विद्यालयका पीडित भनेर उल्लेख गरिएको उजुरीमार्फत माग गरिएको छ ।  

विद्यालयको रकम हिनामिना भएको विषयलाई लिएर पटक–पटक छलफल भएको स्थानीयले बताएका छन् । पटक–पटकको छलफलले कुनै निस्कर्ष ननिकालेपछि अख्तियारमा उजुरी दिइएको छलफलमा सहभागी अभिभावकहरुले बताएका छन् । 

विद्यालयमा अध्ययनरत दलित छात्रछात्राले आफूहरुले पाउँदै आएको छात्रवृत्ति रकम लगातार तीन वर्षदेखि नपाएको गुनासो गरेपछि सो कुरा बाहिर आएको स्थानीयले बताएका छन् । आर्थिक अनियमिताका विषयमा यसअघि सोही विद्यालयमा अध्ययनरत विद्यार्थीले समेत छानविनगरि कारबाही अगाडि बढाइयोस् भनेर आन्दोलन गरेका थिए । 

आर्थिक अनियमितताका विषयलाई लिएर पछिल्लो समय विद्यालयमा भइरहेको विवादले आफूहरुको पठनपाठनमा समेत असर गरेको विद्यार्थीहरुले बताएका छन् । विद्यालयमा भएको समस्या समाधानतर्फ हालसम्म सम्बन्धित निकायले चासो नदिएको पनि उनीहरुले आरोप लगाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post