sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » होटलमा बस्ने ग्राहकको परिचय कार्ड राख्न प्रहरीको आग्रह

खोटाङ १३ कात्तिक ।  जिल्ला प्रहरी कार्यालय खोटाङले होटल तथा लजमा बस्ने ग्राहकको परिचय खुल्ने विबरण सुरक्षित राख्न व्यवसायीलाई आग्रह गरेको छ । 
होटलमा हुनसक्ने अपराधिक क्रियाकलाप नियन्त्रण गर्दै समाजमा शान्ती सुरक्षा स्थापनार्थ प्रहरीले परिचय खुल्ने कागजात हेर्न र नामथर, ठेगाना तथा सम्पर्क नम्बर अनिवार्य गरेर ग्राहक राख्ने व्यवस्थाका लागि आग्रह गरेको हो । 
जिल्लामा हुन सक्ने अपराधिक क्रियाकलापलाई न्यूनिकरण गर्दै शान्ति सुरक्षाको स्थितिलाई थप मजबुत बनाउनका लागि होटल व्यवसायीलाई होटलमा बास बस्ने पाहुनाको परिचय खुल्ने आधार सहितको रेकर्ड अनिवार्य राखेर मात्र कोठा दिन आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो ।

सामुदायीक बिकास सेवा केन्द्र र ट्राफिक प्रहरीसँगको सहकार्यमा जिल्ला प्रहरी कार्यालयले होटलमा बस्ने ग्राहकको परिचय खुल्ने विबरण राख्न आग्रह गरेको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post