sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » फुटबल हेर्न गएका युवकको लडेर मृत्यु


खोटाङ, ४ कातिक । छिमेकी गाविसमा आयोजना गरिएको फुटबल प्रतियोगिता हेर्न गएका खोटाङका एक युवकको लडेर मृत्यु भएको छ । 

सिम्पानी–१ मा आयोजना गरिएको खुला पुरुष फुटबल प्रतियोगिता हेर्न गएका इन्द्रेणीपोखरी–४ का २५ वर्षीय सुशन राईको बुधबार (कात्तिक ३ गते)  दिउसो लडेर मृत्यु भएको हो । 

स्थानीय चौतारे प्राविको खेल मैदानमा सेभेन स्टार फुटबल क्लवले आयोजना गरेको फुटबल प्रतियोगिता हेर्न गएका युवक प्रतियोगिता सुरु नभइ खेलमैदान माथीबाट लडेर झरेको प्रत्यक्षदर्शीले बताएका छन् । खेल मैदानभन्दा करिब ४० मिटर माथीबाट लडेर झरेका युवक गम्भीर घाइते भएपछि उपचारको लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दा गर्दै घटनास्थलमै मृत्यु भएको स्थानीय शिक्षक राजन ढकालले जानकारी दिनुभयो । 
मृतक युवक मादक पदार्थ सेवन गरेर फुटबल प्रतियोगिता हेर्न गएका उनका साथीहरुले बताएका छन् । मृतक युवकको शव परीक्षणका लागि बुधबारै प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पु¥याइएको पारिवारिक स्रोतले जनाएको छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post