sponsor

वैदेशिक समाचार

मल्टिमिडिया

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

ग्यालरी

» » कराते प्रतियोगीता तथा छनौट खेल कार्तिक दोश्रो साता

खोटाङ, ७ कार्तिक । खोटाङमा कार्तिक १२ र १३ गते जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता हुने भएको छ । नेपाल सितोसियो कराते संघ र जिल्ला खेलकुद बिकास समितिको संयुक्त आयोजनामा नवौं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता गर्न लागिएको हो । 

जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीताकै बीचमा सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा प्रतिष्पर्धा गर्ने सितोरियो खेलाडी समेत छनौट गरिने नेपाल सितोसियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताए । ‘सबैकालागि खेल, सबैकालागि कराते’ भन्ने नारासहित सदरमुकाम दिक्तेलको हेलीप्याडमा प्रतियोगीता सञ्चालन गरिने आयोजकले जनाएको छ । 

जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतातर्फ महिला एकल तथा पुरुष एकल काँता, पुरुष कुमितेतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी तौल समुहमा प्रतिष्पर्धा हुने छन् । यस्तै, महिला कुमितेतर्फ ३० केजी, ३५ केजी, ४० केजी, ४५ केजी, ५० केजी, ५५ केजी र ६० केजी तौल समुहमा प्रतिष्पर्धा हुने संघले जनाएको छ । 
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीताकालागि भने पुरुष कुमितेतर्फ ५० केजी, ५५ केजी, ६० केजी, ६७ केजी, ७५ केजी, ८४ केजी र ८४ प्लस केजी तौल समुह तथा महिला कुमितेतर्फ ४५ केजी, ५० केजी, ५५ केजी, ६१ केजी, ६८ केजी र ६८ प्लस केजी तौल समुहका खेलाडी छनौट गरिने छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगीतामा पठाउनकालागि महिला÷पुरुष एकल तथा समुह काँतातर्फका खेलाडी समेत छनौट गरिने संघले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post