sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सावा खोलामा झोलुङ्गे पुल शिलान्यास

खोटाङ, ८ कार्तिक । खोटाङको सावा खोलामा डम्बर्खुशिवालय र सावाकटहरे जोड्ने झोलुङ्गे पुल शिलान्यास गरिएको छ ।
नेपाल सरकारको सस्पेन्सन ब्रिज डिभिजन कार्यालयको १ करोड ३० लाखको लागतमा निर्माण गर्न लागिएको झोलुङ्गे पुल खोटाङ क्षेत्र नम्बर २ का सांसद बिशाल भट्टराईले शिलान्यास गरेका हुन् ।
वर्षा याममा खोलामा आउने भलबाढीका कारण समस्या झेल्दै आएका स्थानीयको सहजताकालागि पुल निर्माण थालिएको हो । १९२ मिटर लम्बाईको पुल बनेपछि जिल्लाको दक्षिणी क्षेत्रका सर्वसाधारण लाभान्बित हुने निर्माण समितिले जनाएको छ ।
आगामी बैसाख १२ गतेभित्र पुल निर्माणको काम पूरा गर्नेगरी काम थालिएको ठेकेदारले बताएका छन् । पुल निर्माणकालागि वर्ष दिनअघि सर्भे गरिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post