sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » गुनासो सुन्न घरदैलोमा प्रहरी

खोटाङ, १० कात्तिक । सर्वसाधारणको गुनासो सुन्न र सुझाव संकलनकालागि जिल्ला प्रहरी कार्यालय खोटाङ टोली बनाएर गाउँ–गाउँमा पुगेको छ । प्रहरी सेवालाई थप प्रभावकारी र जनमैत्री बनाउनकालागि जिल्ला प्रहरी कार्यलयले सामुदायिक सेवा केन्द्र र ट्राफिक प्रहरीसँगको सहकार्यमा संयुक्त टोली बनाएर गाउँ–गाउँका सर्वसाधारणसँग भेटघाट गरेर गुनासो सुन्दै सुझाव लिएको छ ।


प्रहरीले जयराममा गरेको कार्यक्रममा सहभागी स्थानीय । तस्बिर सौजन्य: जिल्ला प्रहरी कार्यालय खोटाङ 
 ‘नागरिक सुनुवाई’ कार्यक्रम अन्तरगत हप्ता दिनको अवधिमा नुनथला, हलेसी र बाहुनीडाँडाको जयराममा कार्यक्रम गरेर गुनासो तथा सुझाव संकलन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताए ।
समाजमा शान्ति स्थापनार्थ हिंसा, दुर्घटना, अपराधिक क्रियाकलापका बिषयमा तत्काल खबर गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ । कार्तिक ५ गते नुनथलामा, कार्तिक ७ गते बिहान जयराममा र दिउँसो हलेसीमा ‘नागरिक सुनुवाई’ कार्यक्रम चलाएको प्रहरीले क्रमशः अन्य ठाउँका जनता समक्ष पुग्ने जनाएको छ । ‘शान्ती, सुरक्षा, बिकास, सभ्य समाज निर्माणमा प्रहरीको भूमीकाका बिषयमा सुझाव लिन र प्रहरीप्रतिको गुनासो सुन्नकालागि जनताको घरदैलो पुगेर नागरिक सुनुवाई गरिएको हो,’ प्रधानले भने, ‘क्रमशः अन्य ठाउँमा पनि जनचेतनामूलक कार्यक्रम गर्दै जाने छौँ ।’
अभियानकाक्रममा जिल्ला प्रहरी कार्यालयले शान्ती सुरक्षाका बिषयमा, सामुदायीक बिकास सेवा केन्द्रले जनचेतनामूलक र ट्राफिक प्रहरीले ट्राफिक नियमका बिषयमा सर्वसाधारणलाई जानकारी गराएको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post