sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » २ सय २२ रोपनी क्षेत्रफलको गाँजा खेती नष्ट

खोटाङ, ११ कात्तिक । जिल्ला प्रहरी कार्यालय खोटाङले बिभिन्न पाँच गाबिसका २ सय २२ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । 

ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरीचौकी धितुङ र प्रहरीचौकी च्यास्मीटारका प्रहरीको टोलीले धितुङ, महादेबस्थान, दुर्छिम, डिकुवा र काहुले गाबिसमा ठूलो परिमाणमा लगाइएको अबैध गाँजा खेती नष्ट पारेको हो । २५ दिने अभियानकाक्रममा व्यवसायीकरुपमा लगाइएका ७० हजार ७०२ बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो ।

 दुर्छिममा १३८ रोपनी, महादेबस्थानमा साँढे ७१ रोपनी, डिकुवामा ५ रोपनी, काहुलेमा ५ रोपनी र धितुङमा ३ रोपनी क्षेत्रफलमा लगाइएको जाँगा फडानी गरेर नष्ट गरिएको कार्यालयले जनाएको छ । किसानले यस वर्षपनि गाँजा खेतीलाई निरन्तरता दिएपछि भदौ १ गतेदेखि २५ गतेसम्म गाँजा फँडानी अभियान चलाइएको थियो । गत वर्ष प्रहरीले ४३७ रोपनी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरेको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post