sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » सितोरियो कराते प्रशिक्षक तामाङ अन्तर्राष्ट्रिय रेफ्री परिक्षामा उत्तिर्ण

खोटाङ, ७ कार्तिक । खोटाङका सितोरियो कराते प्रशिक्षक बिचारी तामाङले अन्र्तराष्ट्रिय रेफ्री परिक्षा उत्तिर्ण गर्नु भएको छ । 
एसियन कराते महासंघले सेप्टेम्बर २२ र २३ मा भारतको राजधानी नयाँदिल्लीमा सञ्चालन गरेको अन्र्तराष्ट्रिय रेफ्री परिक्षामा तामाङ उत्तिर्ण हुनुभएको हो । 

अन्र्तराष्ट्रिय रेफ्री परिक्षा उत्तिर्ण गरेसँगै तामाङको अन्र्तराष्ट्रिय स्तरका प्रतियोगीताको निर्णायकको भूमीका निर्वाह गर्ने बाटो खुलेको छ । तामाङले खोटाङकै इतिहासमा अन्र्तराष्ट्रिय रेफ्रीको इतिहास बनाउनु भएको छ । 

पुर्वअन्र्तराष्ट्रिय खेलाडी रहेका तामाङले मुलुकभरका २७५ जना परिक्षार्थीमध्ये तामाङले २५ जनाभित्र अन्र्तराष्ट्रिय रेफ्री परिक्षाकालागि नाम निकाल्नु भएको थियो । रेफ्रीको अन्य तह उत्तिर्ण गरे उहाँलाई अन्र्तराष्ट्रिय रेफ्री बनेर काम गर्ने अवशर प्राप्त गर्नुहुने नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सञ्जयकुमार राईले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post