sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » तीन गाविसमा ‘बिनायो’ च्यारिटी शोको तयारी

खोटाङका तीन गाविसमा किराती मिथकमा आधारित ऐतिहासिक चलचित्र ‘बिनायो’को च्यारिटी–शोको तयारी गरिएको छ ।
संगीतकार जितेन राईको कथा, परिकल्पना र संगीत एबं रोशन राईको निर्देशनमा निर्मित चलचित्र बिनायोको कार्तिक १२ गते जालपामा, १७ गते खार्मी र १९ गते लिकुवापोखरीमा च्यारिटी–शोको तयारी गरिएको हो । लोपोन्मुख बन्दै गएको किराती कला, संस्कार, संस्कृतिका बिषयमा चलचित्रका माध्यमबाट दर्शकलाई जानकारी दिँदै प्रचार–प्रसारका लागि बिनायो प्रदर्शन गर्न लागिएको जनाइएको छ । खार्मीमा भने स्थानीय सुबुकु साकेवा सेवा समाजको संस्थागत सहयोगार्थ ‘बिनायो’को च्यारिटी–शो गर्न लागिएको निर्देशक राईले बताउनुभयो । प्राचिन किंरात समुदायको ऐतिहासिक पृष्ठभूमीलाई आधार बनाएर निर्माण गरिएको दुई घण्टा १० मिनेट लामो बिनायो यसअघि जिल्लाका दिक्तेल, लफ्याङ लगायतका बिभिन्न ठाउँमा प्रदर्शन गरिएको थियो ।
खोटाङको खार्र्मी गाबिसस्थित सोतीबाट छायांकन सुरु गरिएको बिनायोमा किराँतीको आदिम पुर्खा मानिने तायामा खियामा (दिदी बहिनी) र हेच्छाकुप्पा (भाई) को मिथकलाई उतारिएको छ । किराँत समुदायमा तायामा खियामा र हेच्छाकुप्पालाई किराँत समुदायको आदिम पुर्खा मानेर पुज्ने प्रचलन छ । सन्ध्या सामपाङ, एलिसा सामपाङ, कपिल वान्तवा लगायतका कलाकारहरुको अभिनय रहेको चलभित्र नेफ्टा अवार्ड हङकङद्धारा सम्मानित भइसकेको छ । फिल्ममा किराती मिथक र आधुनिकता दुबैको मिश्रण देख्न सकिन्छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post