sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » आगलागीबाट दिक्तेलमा १२ लाख बराबरको क्षति

खोटाङ, १३ कात्तिक । खोटाङको दिक्तेल नगरपालिका–९ बाम्राङका एक घरमा आगलागी हुँदा १२ लाख बराबरको धनमाल नष्ट भएको छ ।
बिहिबार राती अचानक सुरु भएको आगोले बाम्राङका सुवास ढकालको ढुंगामाटोले बनेको, खरले छाएको तीन तले घरमामा आगलागी हुँदा १२ लाख बराबरको क्षती भएको हो ।
आगलागीमा नगद एक लाख, डेढ तोला सुन, ९ तोला चाँदी लगायत घरभित्र भएका सबै सामान जलेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नविनकिशोर प्रधानले बताउनुभयो । आगलागीमा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।
भर्खरैको सुत्केरी भएको घरमा अचानक छानाबाट सुरु भएको आगलागीको कारण खुल्न सकेको छैन । राती करिब १ः१५ बजेतिर सुरु भएको आगो प्रहरी र स्थानीयबासीले तीन घण्टा लगाएर नियन्त्रणमा लिएका थिए ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post