sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘होलेसुङ–जनकराज गोल्ड कप’ सुरु

खोटाङ, कात्तिक १० । खोटाङको दुर्छिममा ‘होलेसुङ–जनकराज राई गोल्ड कप’को प्रथम संस्करण सुरु भएको छ । स्थानीयको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउने उद्धेश्यले साकेला सिली फुटबल क्लब दुर्छिम–३ को आयोजना बुधबारदेखि गोल्डकप सुरु गरिएको हो । स्थानीयकै पहलमा दुर्छिम–३ भञ्ज्याङमा निर्माणाधिन कृष्णराम राई रंगशालामा बुधबार खेलका प्रमुख प्रायोजक बनेका समाजसेबी जनकराज राईले फुटबल प्रतियोगीता उदघाटन गरे ।

 आयोजक साकेला सिली फुटबल क्लब दुर्छिम–३ ‘ए’ र किरात सेवा समाज दुर्छिम–४ गणेशटारबीच भएको उद्घाटन खेलमा साकेला सिली फुटबल क्लब दुर्छिम–३ ‘ए’ बिजयी भएको छ । निर्धारित समयमा खेल बराबरीमा टुंगिएपछि ट्राइब्रेकरमा साकेला सिली फुटबल क्लब दुर्छिम–३ ‘ए’ले (६–५) गोल अन्तरले किरात सेवा समाजलाई हराएको हो । यस्तै, दोश्रो खेलमा जनज्योती क्ल्व दुर्छिम–६ कात्तिकेले किरात सेवा समाज दुर्छिम–४ गणेशटार ‘बी’ लाई (४–१) गोल अन्तरले हराएको आयोजकले जनाएको छ । बिहिबार बिहान हलेसी युवा समुह महादेबस्थान–४ ‘बी’ र दुर्छिम–२ रातमाटे ‘बी’बीच पहिलो खेल हुने आयोजक समितिका संयोजक कमल राईले बताए । आगामी शनिबार समापन हुने प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २० हजार, दोश्रो हुने टिमले १० हजार तथा सेमीफाईनलबाट बाहिरिने टिमले ५÷५ हजार प्राप्त गर्ने छन् । 

प्रतियोगीतामा खोटाङ र सोलुखुम्बुका १७ टिमले प्रतिष्पर्धा गरिरहेका छन् । प्रतियोगीताका सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट किपर, उत्कृष्ट कोच लगायतलाई समेत पुरस्कारको व्यवस्था गरिएको छ । बिजेतालाई सांसद पिके राईको हातबाट पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ । 
अढाई वर्ष लगाएर २०७२ साल जेठ–९ गते सम्पन्न गरिएको दुर्छिम–१ दलस्वर चोकदेखि सुनकोसी जोड्ने १२ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउनकालागि गोल्ड कपको प्रथम संस्करण गर्न लागिएको हो । आफ्नो श्रम र पसिनाले निर्माण गरिएको गाउँको सकडको प्रचार–प्रसार एबं स्तरोन्नतीमा सबैको ध्यानाकर्षणकालागि पुरुष फुटबल प्रतियोगीता गर्न लागिएको क्लवले जनाएको छ । समुदायले निर्माण गरेको सडकलाई खेलकुदका माध्यमबाट स्थापित गराउँदै गाउँको बिकासमा माहोल सिर्जनाकालागि फुटबल प्रतियोगीता गर्न लागिएको बुद्धिजिबी तिलक चाम्लीङले बताए । ‘समुदाय मिलेर बनाइएको सडकलाई स्थापित गराउनु छ,’ चाम्लीङले भने, ‘त्यसकालागि उत्तम उपाय खेलकुद देखेर फुटबल प्रतियोगीता गर्ने सोच अघि बढाइएको हो ।’
‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित निर्माण गरिएको दुर्छिम–१ र ५ को ‘दलश्वर राई चोक’देखि दुर्छिम–३, दुर्छिम–४ को ख्रोप्पा हुँदै सुनकोशीको बतासेघाट जोड्ने सडकले क्षेत्रीय सडकको मान्यता पाइसकेको छ । करिब ४ सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङ्को स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post