sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » तीन गाबिसमा विद्युत बिस्तार


खोटाङ, ४ कार्तिक । खोटाङको थप तीन गाबिसमा विद्युत बिस्तार गरिएको छ । हलेसी सामुदायीक ग्रामिण विद्युत सहकारी संस्था लिमिटेड दुर्छिमको पहलमा दुर्छिम, बडहरे र मंगलटार गाबिसमा केन्द्रीय प्रशारण लाईन अन्तरगतको बिद्युत बिस्तार गरिएको हो । 

बुधबार दुर्छिमको छापडाँडामा आयोजना गरिएको कार्यक्रममा पञ्चेबाजा सहित सांसद पाँचकर्ण राईले स्वीच दवाएर विद्युत उदघाटन गर्नुभयो ।

 विद्युत उदघाटनसँगै तीन गाबिसका ५५० घरमा बत्ती बलेको छ । २ करोड ४ लाखको लगानीमा पहिलो चरणमा दुर्छिम–१, ५, ६, ७ र ८, बडहरे–७, ८ र ९ तथा मंगलटार–८ र ९ मा १० वर्षको प्रयासपछि बिद्युत बिस्तार गरिएको हलेसी सामुदायीक ग्रामिण विद्युत सहकारी संस्थाका उपाध्यक्ष खडेन्द्र राईले बताउनुभयो । 

दोश्रो चरणमा दुर्छिम, बडहरे र मंगलटारका अन्य वडामा बिद्युत बिस्तारका काम गरिने सहकारीले जनाएको छ । दातृनिकाय जिआईजेडको २१ लाख, पाँच गाबिसको ३८ लाख, जिबिसको १ लाख र शेयर सदस्यबाट संकलित २ लाख ३८ हजार गरी ६२ लाख ३८ हजारको खर्चमा तीन गाबिसका केही वडामा बत्ती बिस्तार गरिएको सहकारीका अध्यक्ष कुबेर राईले जानकारी दिनुभयो । 
हलेसी क्षेत्रका महादेबस्थान, धितुङ, दुर्छिम, सल्ले, मंगलटार, च्यास्मीटार, बाहुनीडाँडा, डिकुवा गाबिसमा बत्ती बाल्ने लक्ष्यका साथ दश वर्षअघि काम थालिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post