sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » सडक स्तरोन्नतीका लागि मुल समिति गठन

खोटाङ, ११ कात्तिक । खोटाङ सदरमुकाम दिक्तेलको रमितेडाँडा–क्याम्पस–कारागार सडक स्तरोन्नतीका लागि मूल समिति गठन गरिएको छ । 

२०६६ सालमै ट्र्याक खोल्न सुरु गरिएको सडकलाई स्तरोन्नतीकालागि बिहिबार बसेको उपभोक्ताको भेलाले गणेशभक्त राईको अध्यक्षतामा १५ सदस्यीय मूल उपभोक्ता समिति गठन गरेको हो । 

समितिको उपाध्यक्षमा पेमल्हमु शेर्पा, सचिवमा अगमबहादुर कार्की, सहसचिवमा कृष्णबहादुर कार्की र कोषाध्यक्षमा बीरबहादुर तामाङ चयन हुनुभएको छ । भेलाले अम्बर गुरुङ अध्यक्ष रहेको क्याम्पस–कारागार सडक निर्माण उपभोक्ता समिति, सुर्यबहादुर राई अध्यक्ष रहेको किरातचोक–खोटाङबिकास मञ्च सडक उपभोक्ता समिति र चित्राखर आचार्य अध्यक्ष रहेको रमितेडाँडा–क्याम्पस सडक उपभोक्ता समितिलाई मर्ज गरेर एउटा मूल समिति बनाएको हो ।

 २०६६ सालमा स्थानीय उपभोक्ता चन्द्रबहादुर कार्कीले रमितेडाँडादेखि क्याम्पस रोडसम्म खोलेको ट्र्याकलाई केही वर्षअघि कारागारसम्म पु¥याइएको हो । भेलाले जलसेर राईको संयोजकत्वमा सुर्यबहादुर राई, नबिन राई, राम बजगाई, चित्राखर आचार्य, बिमल राई, हर्कबिर राई र मनीराज राई सदस्य रहेको सल्लाहकार तथा अनुगमन समिति गठन गरेको छ ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post