sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » » अरुणपारी गाउँमा सचिन

खोटाङ, १३ कात्तिक । स्टेज प्रोग्राम तताउनमा कहलिँदो नाम हुन् सचिन राई । उदीयमान गायकका रुपमा स्थापित हुँदै गएका खोटाङका गायक सचिनको माग बढ्दो छ ।


पछिल्लो समय स्टेज प्रोग्रामका लागि उनलाई भ्याइनभ्याई छ । गीत गाएर दर्शकलाई जुरुक्क उचाल्न क्षमता राख्ने सचिन सांगीतिक कार्यक्रमकै सिलसिलामा संखुवासभामा पुगेका छन् । अरुणपारीको ताम्कुमा कार्तिक ९ गते आयोजित कार्यक्रममा उनले आफ्नो प्रतिभा देखाए । ‘खोटाङ सुगम स्टार’ भएसँगै संगीत क्षेत्रमा जम्न थालेका सचिनले ‘म हुँ सुगम स्टार, अल्लारे बैस, पारी त्यो डाँडामा, म त मर्छुकी क्याहो, गुराँसै फुल्यो, दिक्तेलबजार’ लगायतका बोलको गीत गाएर दर्शकलाई नचाए । सचिन स्टेजमा उक्लिएपछि एक घण्टा बितेको पत्तै भएन । नेपाल आईडलको टप फाईभ सचिन शनिबार साँझ निजगढमा हुने कार्यक्रममा सहभागी हुँदैछन् ।
गरिब तथा जेहेन्दार बिद्यार्थीका लागि छात्राबृत्ति कोष स्थापनार्थ ताम्कुमा आयोजित कार्यक्रममा गायिका मेलिना राईले दर्शकको ‘वान्समोर’ पाईन् । ‘जब साँझ पर्दै गयो तिम्रो याद बढ्दै गयो’ बोलको गित गाउँदै मञ्चमा देखा परेकी मेलिनाले ‘कम्मर माथि पटुकी, तिम्ले बाटो फे¥यौ अरे, सिरैमा सिरबन्दी, लेक फुल्ने लालिगुराँस लगायतका गीत गाएर दर्शकलाई नचाएकी थिइन् ।

ताम्कुस्थित सगरमाथा उच्च माबिको खेलमैदानमा आयोजित कार्यक्रममा बीरबहादुर लिम्बु, भुवन श्रेष्ठ, डिजे मेवाहाङले पनि दर्शकको उत्तिकै साथ पाए । पुर्वाञ्चल डान्स स्टार पवित्रा तामाङको नृत्यले कार्यक्रममा छुट्टै रौनकता थपेको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post