sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » अस्पतालको उपकरण लिलाम बिक्रीका बिषयमा छानबिन सुरु


खोटाङ, ६ कार्तिक । जिल्ला अस्पताल खोटाङको उपकरण लिलाम बिक्रीका बिषयमा स्वास्थ्य मन्त्रालयले छानबिन थालेको छ । जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ प्रकारका सामान तथा उपकरण कौडीको भाउमा लिलाम बिक्री गरिएको बिषयमा स्वास्थ्य मन्त्रालयका उपसचिव बाबुराम लामीछानेको संयोजकत्वमा गठन गरिएको समितिले बिहिबारदेखि छानबिनका काम सुरु गरेको हो ।
उपसचिव लामीछाने, लेखा अधिकृत सिताराम दुलाल र बायोमेडिकल इन्जिनियर पंकजकुमार झा लगायतको टोली जिल्ला अस्पताल दिक्तेलमा आइपुगेर छानबिनका काम थालेको हो । स्थानीय प्रशासन, प्रहरी लगायत सम्मिलित टोलीले लिलाममा परेपछि शिलबन्दी गरिएका सामान तथा उपकरण समेत निरिक्षण अवलोकन गरेको छ । यद्यपी, छानबिन र अनुगमनकाक्रममा देखिएका र भेटिएका विषयमा भने टोलीले केही खुलाएको छैन । 
उपसचिव लामीछाने नेतृत्वको टोलीले अस्पतालको सामान खरिदकर्ता दिक्तेल नगरपालिका–२ का बिनोद दाहालको घरमा राखिएका तथा दिक्तेल नगरपालिका–९ का राजन केसी र दिक्तेल नगरपालिका–४ अल्छेढुंगाका जगतबहादुर खत्रीको घरमा राखिएका सामान अनुगमन गरेको छ । स्वभाबिकभन्दा कम मूल्यामा जिल्ला अस्पतालको उपकरण तथा सामान कसैलाई थाहै नदिइ लिलाम बिक्री भएको भन्दै जिल्लामा सर्वत्र बिरोध सुरु भएपछि प्रशासनले स्टोर गरिएका सामान शिलबन्दी गरेको थियो । 
गत फाुगनमा ११२ थरिका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री गरिएको विषय ७ महिनापछि मात्र खुलासा भएको थियो । जिल्ला अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएको सार्वजनिक भएपछि अस्पतालले कम मूल्यामा उपकरण लिलाम गरेको खुलासा भएको हो । अस्पताल बिकास समितिलाई नै जानकारी नदिइ सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलेमतोको आशंका गरिएको छ । सार्वजनिक महत्वका सम्पत्तीलाई कसैलाई थाहै नदिइ सुटुक्कै बिक्री गरिएको भन्दै उद्योग बाणिज्य संघ, खोटाङ एकता सेवा समाज, नागरिक समाज र पछिल्लो समय राजनैतिक दलले चर्को बिरोध गरिरहेका छन् । उनीहरुले प्रशासनलाई अस्पतालको उपकरण लिलामका बिषयमा छानबिन गरी सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post