sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » अन्तरपार्टी महिला सञ्जालको अध्यक्षमा दुर्गाजयन्ती राई

दुर्गाजयन्ती
खोटाङ, १३ कात्तिक । अन्तरपार्टी महिला सञ्जाल खोटाङको नेतृत्व परिवर्तन भएको छ । हालसम्म एमाले नेतृ दिलकुमारी राई अध्यक्ष रहेको सञ्जालको अध्यक्षमा चक्रिया प्रणाली अनुसार नेकपा माओवादी केन्द्रकी नेतृ दुर्गा जयन्ती राई चयन हुनुभएको छ । सञ्जालको शुक्रबार भएको बैठकले नेतृत्व परिवर्तन गरेको हो ।

१९ सदस्यीय सञ्जालको उपाध्यक्षमा एमाले नेतृ निर्मला थापा आचार्य, सचिवमा कांग्रेस नेतृ अञ्जना बस्नेत, सहसचिवमा संघीय समाजबादी फोरमकी नेतृ आशा राई र कोषाध्यक्षमा राप्रपा नेतृ दुर्गा राई चयन हुनुभएको छ ।
सञ्जालले सदरमुकाम दिक्तेलमा दिवा सेवा भजन गृह भवन निर्माणकालागि जुटेका बृद्धबृद्धालाई आर्थिक सहयोग गरेको छ ।
दिवा सेवा भजन गृह भवन निर्माणकालागि आर्थिक अभाव झेलीरहेका बृद्धबृद्धालाई आफ्नो नेतृत्व हस्तान्तरण कार्यक्रममा सञ्जालले १५ हजार सहयोग गरेको हो । सञ्जालकी पुर्वअध्यक्ष दिलकुमारी राईले ज्येष्ठ नागरिक संघका अध्यक्ष खड्गबहादुर बस्नेतलाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post