sponsor

वैदेशिक समाचार

first_add ' width='950'/>

विशेष

first_add ' width='950'/>

गतिविधि

सेराेफेराे

» » » पैसा नतिरि मोबाईल लिएर टाप

खोटाङ, कार्तिक ७ ।  खोटाङ सदरमुकाम दिक्तेलको रत्नपार्कस्थित मनोज ईलेक्ट्रोनिक्सबाट एक ग्राहक पैसा नतिरि मोबाईल लिएर बेपत्ता भएका छन् । 

मोबाईल किन्ने बाहनामा पशलमा छिरेका अन्दाजी १३/१४ वर्षका ग्राहक मोलतोल गर्नेक्रममा स्यामसुङको एक थान जे सेभेन मोबाईल लिएर बेपत्ता भएका हुन् । सोकेसमा राखिएको मोबाईल मागेर उज्यालोमा हेर्ने बाहनामा ढोका बाहिर निस्किएका किशोर तत्काल मोबाईल लिएर भागेको जानकारी आएको सामुदायीक बिकास सेवा केन्द्र रत्नपार्कका सई मानबहादुर खड्काले बताए । पहिचान नखुलेका कारण मोबाईल लिएर भाग्ने ग्राहक पत्ता लाग्न सकेको छैन । यसअघि सो पशलमा तीन पटक चोरी भइसकेको छ । 

पैसा नदिइ २० हजार ४ सय सय मूल्या पर्ने गोल्डेन कलरको मोवाईल लिएर भाग्ने ग्राहकको खोजी भइरहेको प्रहरीले जनाएको छ । छल गरेर ३५३४१२०७०५२१४९७÷३५३४१२०७०५२१४९५ आईएमई नम्बर भएको मोबाईल लिएर भाग्ने किशोर मंगोलियन अनुहारका र कुल्ली काम गरी फर्किएजस्तो देखिएको पशलका प्रोपाईटर मनोज राईको भनाई छ । उनका अनुशार मोबाईल किन्नकालागि भन्दै पशलमा छिरेका ग्राहकले यताउती हेर्दै शंकास्पद गतिबिधि देखाएका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post