sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » हलेसी महादेवस्थानमा १९० केजीको घण्टा

खोटाङ, १० कात्तिक । खोटाङको धार्मिक तथा पर्यटकीयस्थल हलेसी महादेवस्थानमा १९० केजीको घण्टा राखिएको छ । नन्दकुमारी घिमिरे प्रतिष्ठान बुईपा–८ खिरीले त्रि–धार्मिकस्थल हलेसीमा ढलोटको विशाल घण्टा स्थापना गरेको हो ।

 खोटाङको बुईपा–८ खिरीका स्व. दम्पत्ती बमप्रसाद र नन्दकुमारी घिमिरेको नाममा ८ छोरा र ३ छोरीले संयुक्तरुपमा हलेसीमा घण्टी स्थापना गरेका हुन् । हलेसीको पर्यटन प्रबद्र्धनमा टेवा पु¥याउने उद्धेश्यले स. बाबुआमाको नाममा मन्दीरमा घण्टी राखिएको प्रतिष्ठानका अध्यक्ष मोहनप्रसाद घिमिरेले बताए । कांग्रेस नेता नारायण खड्का र भारतीय राजदूत रञ्तीज रायले हलेसीमा दर्शन गरेको ४ दिनपछि प्रतिष्ठानले घण्टी स्थापना गरेको हो । 

घण्टी महादेवस्थान प्रवेश गर्ने द्धारको दायाँतर्फ राखिएको छ । घण्टी स्थापना कार्यक्रमकै लागि राप्रपा नेपाल खोटाङका अध्यक्ष दिक्तेलबाट हलेसी पुगेका छन् । धार्मिक तथा पर्यटकीयस्थल हलेसीको पर्यटन प्रबद्र्धनकैलागि कार्तिक ६ गते नेता खड्काको बन्दोबस्तमा राजदुत राय हलेसी आएर दर्शन एबं अवलोकन गरेर फर्किएको हलेसी बिकास समितिका कार्यकारी निर्देशक सम्बर भुजेलले जनाए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post