sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » ‘होलेसुङ–जनकराज गोल्ड कप’ महादेबस्थानको पोल्टामा

खोटाङ, १३ कात्तिक । खोटाङको दुर्छिममा आयोजित ‘होलेसुङ–जनकराज राई गोल्ड कप’ जनज्योती क्लब महादेबस्थानले जितेको छ ।

स्थानीयको पहलमा निर्माण गरिएको ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउने उद्धेश्यले आयोजना गरिएको फुटबल प्रतियोगीताको शनिबार भएको फाईनल खेलमा सप्तेश्वर महादेब बुक्तो क्लव घुर्चु मंगलटारलाई (४–१) गोल अन्तरले पछि पार्दै जनज्योतीले गोल्ड कप उचालेको हो । हारसँगै सप्तेश्वर महादेब बुक्तो क्लव दोश्रो स्थानमा खुम्चिए ।
स्थानीयकै पहलमा दुर्छिम–३ भञ्ज्याङमा निर्माणाधिन कृष्णराम रंगशालामा सञ्चालन गरिएको प्रतियोगीताका प्रथम स्थान प्राप्त टिमले नगद २० हजार तथा दोश्रो हुने टिमले १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै, सेमीफाईनलिष्ट बनेका साकेला सिली फुटबल क्लब ‘ए’ दुर्छिम–३ र ओम शिवशक्ती युवा समुह महादेबस्थानले नगद ५÷५ हजारकासाथमा मेडल र प्रमाणपत्र हात पारेका आयोजक समितिका संयोजक कमल राईले बताए । बिजेता टिमलाई सांसद पाँचकर्ण राई र समाजसेबी जनकराज राईले नगद तथा पुरस्कार हस्तान्तरण गरेका थिए । साकेला सिली फुटबल क्लब दुर्छिम–३ को आयोजना बुधबारदेखि सुरु भएको प्रतियोगीतामा खोटाङ र सोलुखुम्बुका १७ टिमले प्रतिष्पर्धा गरेका थिए ।
प्रतियोगीताका उत्कृष्ट गोलकिपर साकेला शिली फुटबल क्लव ‘ए’का सुजन राई, उत्कृष्ट डिफेण्डर जनज्योती क्लब महादेबस्थानका खेमराज राई, उत्कृष्ट मिडफिल्डर जनज्योतीकै दिनेश राई, उत्कृष्ट स्ट्राईकर ओम शिबशक्ती युवा समुह महादेबस्थानका प्रबेश राई, सर्वाधिक गोलकर्ता जनज्योतीकै देबस तामाङ, उत्कृष्ट गोल ओमशिव शक्ती युवा समुहका जन्मजय केसी, उत्कृष्ट कोच जनज्योतीकै नबिन चामलीङ, छोटो समयमा गोलगर्ने साकेला शिली फुटबल क्लव ‘ए’का दिबस राई र प्रतिभावान खेलाडी घोषित सप्तेश्वर महादेब बुक्तो क्लव मंगलटारका रोशन राईले जनही एक हजारका साथमा मेडल र प्रमाणपत्र पाए । यस्तै, अनुशासित टिम भएवापत सप्तेश्वर महादेब बुक्तो क्लव मंगलटारले २ हजारका साथमा मेडल प्रमाणपत्र हात पारेको आयोजकले जनाएको छ ।
अढाई वर्ष लगाएर २०७२ साल जेठ–९ गते सम्पन्न गरिएको दुर्छिम–१ दलस्वर चोकदेखि सुनकोसी जोड्ने १२ किलोमिटर ‘होलेसुङ–जनकराज राई मार्ग’लाई स्थापित गराउनकालागि गोल्ड कपको प्रथम संस्करण गरिएको हो । समुदायले निर्माण गरेको सडकलाई खेलकुदका माध्यमबाट स्थापित गराउँदै गाउँको बिकासमा माहोल सिर्जनाकालागि फुटबल प्रतियोगीता गरिएको स्थानीय बुद्धिजिबी तिलक चाम्लीङले बताए । ‘समुदाय मिलेर बनाइएको सडकलाई स्थापित गराउनु छ,’ चाम्लीङले भने, ‘त्यसकालागि उत्तम उपाय खेलकुद देखेर फुटबल प्रतियोगीता गर्ने सोच अघि बढाइएको हो ।’
‘स्थानीय पहिचान, स्थानीय विकास र समाजसेवालाई जोडौँ’ भन्ने नारासहित निर्माण गरिएको सो सडकले क्षेत्रीय सडकको मान्यता पाइसकेको छ । करिब ४ सय वर्षअघिका हलेसी थुमका शासक होलेसुङ्को स्मृति तथा सडक निर्माणमा सबैभन्दा बढि आर्थिक र भौतिक सहयोग गर्ने समाजसेवी जनकराज राईको योगदानको कदरस्वरुप सडकको नाम ‘होलेसुङ–जनकराज राई मार्ग’ राखिएको हो ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post