sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » खसी तान्दै फर्किए खेलाडी

खोटाङ, असोज २३ । भलिबल प्रतियोगीताका बिजेता टिमले के–के पुरस्कार पाउलान् ? सहज उत्तर आउँछ, ‘नगद, मेडल, ट्रफी’ । तर, बडादशैंको अवशरमा खोटाङको च्यास्मीटारमा आयोजना गरिएको वडास्तरिय मैत्रीपूर्ण भलिबल प्रतियोगीताका बिजेता टिमले भने खसी र कुखुरा पाएका छन् । च्यास्मीटार माबिको प्रांगणमा शनिबार आयोजना गरिएको भलिबल खेलमा प्रथम स्थान प्राप्त गर्ने टिमले १० हजार बराबरको खसी, दोश्रो हुने टिमले ७ हजार बराबरको खसी तथा तेश्रो हुने टिमले भाले र पोथी प्राप्त गरेका छन् । 
दोश्रो पुरस्कार स्वरुप खसी थाप्दै च्यास्मीटार–४
दाल्फुका टिम क्याप्टेन डाकधन राई (दायाँ) । 


खेल सकिएपछि प्रथम र दोश्रो हुने टिम खसी तान्दै फर्किए भने तेश्रो हुने टिम भाले र पोथी काखी च्यापेर फर्किएका छन् । प्रतियोगीतामा च्यास्मीटार–५ टारगाउँले प्रथम, च्यास्मीटार–४ दाल्फु दोश्रो र च्यास्मीटार–६ पिपलटारले तेश्रो स्थान प्राप्त गरेको आयोजक समितिका संयोजक रुपेन्द्रकुमार राईले बताए । नगद तथा मेडलको सट्टा खसी र कुखुराको पुरस्कार बाँड्दा दर्शक तथा खेलाडीले रमाईलो मानेका थिए । गाबिसबाट बिनियोजित ५० हजारको खर्चमा युवा तथा खेलकुद समिति च्यास्मीटारको आयोजनामा खेल आयोजना गरिएको हो । दशैंका बेलामा आवश्यक पर्ने मासुलाई मध्यनजर गर्दै प्रतियोगीताका बिजेतालाई खसी र कुखुराको पुरस्कार व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगीतामा गाबिसका १० टिमले प्रतिष्पर्धा गरेका थिए । 

बिजेता टिमलाई प्रमुख अतिथिकारुपमा नेकपा माओबादी केन्द्रका नेता जीवन राई, बिशेष अतिथिकारुपमा खम्बुवान राष्ट्रिय मोर्चाका नेता तुलसी तिलुङ खम्बू, कांग्रेस नेता देबेन्द्र राईले प्रमाणपत्रका साथमा पुरस्कार प्रदान गरे । 




यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post