sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » वडा स्तरीय भलिबल प्रतियोगितामा च्यास्मिटार–५ टारगाउँ प्रथम

खोटाङ, असोज २२। खोटाङको च्यास्मिटारमा आयोजित वडा स्तरीय पुरुष भलिबल प्रतियोगिताको पहिलो उपाधि च्यास्मिटार–५ टारगाउँले हात पारेको छ । 

बडादशैंको अवसरमा गाविसको आर्थिक सहयोगमा युवा तथा खेलकुद समिति च्यास्मिटारको आयोजनामा शनिबार आयोजित मैत्रीपूर्ण प्रतियोगितामा च्यास्मिटार–४ दाल्फुलाई पछि पार्दै च्यास्मिटार–५ टारगाउँले प्रतियोगिताको पहिलो उपाधि हात पारेको हो । 

हारसँगै च्यास्मिटार–४ दाल्फुले दोश्रो स्थान हात पारेको छ । प्रतियोगितामा च्यास्मिटार–३ लाई हराउँदै च्यास्मिटार–६ ले तेश्रो स्थान प्राप्त गरेको आयोजक समितिका संयोजक रुपेन्द्रकुमार राईले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्ने टिमलाई क्रमशः १० हजार, ७ हजार बराबरको खसि र भालेपोथी प्रदान गरिएको छ । 

बिजेता टिमलाई प्रमुख अतिथिकारुपमा नेकपा माओबादी केन्द्रका नेता जीवन राई, बिशेष अतिथिकारुपमा खम्बुवान राष्ट्रिय मोर्चाका नेता तुलसी तिलुङ खम्बू, कांग्रेस नेता देबेन्द्र राईले प्रमाणपत्रका साथमा पुरस्कार प्रदान गर्नुभएको थियो । च्यास्मिटार माविको प्रांगणमा आयोजना गरिएको प्रतियोगितामा गाविसका १० टिमले प्रतिष्पर्धा गरेका थिए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post