sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » अस्पतालको उपकरण लिलामका विषयमा गम्भीर बन्न प्रशासनलाई दलको ज्ञापन

खोटाङ, असोज १६ । खोटाङका राजनैतिक दलका नेताले जिल्ला अस्पतालको उपकरण तथा सामान लिलाम बिक्री छानबीनका विषयमा गम्भीर बन्न प्रशासनको ध्यानाकर्षण गराएको छ । आईतबार ज्ञापनपत्र बुझाउँदै दश राजनैतिक दलका नेताले कौडीको भाउमा लिलाम बिक्री गरिएको जिल्ला अस्पतालको उपकरण तथा सामान लिलाम बिक्रीका बिषयमा ढिलासुस्ती नगर्न र गम्भीर बन्न ध्यानाकर्षण गराएको हो । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीलाई ज्ञापनपत्र बुझाउँदै दलका नेताले लिलाम बिक्रीमा परेका उपकरण तथा सामानका बिषयमा छानबीन गर्न प्रशासन गम्भीर नबनेको आरोप लगाएको छ । 

स्वभाबिकभन्दा कम मूल्यामा जिल्ला अस्पतालको ११२ थरिका उपकरण तथा सामान कसैलाई थाहै नदिइ लिलाम बिक्री भएको भन्दै असोज ११ गते मंगलबार स्थानीय शान्ति समितिको कार्यालयमा बसेको सर्वदलीय बैठकले प्रमुख जिल्ला अधिकारी कार्कीलाई सत्यतथ्य पत्ता लगाउन र दोषीलाई कारबाही गर्न ध्यानाकर्षण गराएको थियो । बैठकमा उपस्थित प्रमुख जिल्ला अधिकारी कार्कीले दुई दिनका लागि समय मागेपनि मागिएको समयभित्र छानबीनका बिषयमा प्रगती नभएको नेकपा क्रान्तीकारी माओबादीका किरात राज्य समिति सदस्य देबीप्रसाद रिजालले बताए । ‘छानबीनमा भइरहेको ढिलासुस्तीले प्रशासन जवाफदेहीताप्रति गम्भीर नभएको देखिन्छ,’ ज्ञापनपत्र बुझाउँदै रिजालले भने, ‘उपकरण नियन्त्रणमा लिएर षडयन्त्र र छलछाम गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दछौँ ।’ 

प्रशासनले अस्पतालको सामान खरिदकर्ता दिक्तेल नगरपालिका–२ का बिनोद दाहालको घरमा राखिएका सामान शिलबन्दी गरेको तथा दिक्तेल नगरपालिका–९ का राजन केसी र दिक्तेल नगरपालिका–४ अल्छेढुंगाका जगतबहादुर खत्रीको घरमा सामान राखिएका कोठामा ताला लगाएको जनाएको छ । प्रशासनले आईतबार सामान खरिदकर्तालाई बोलाएर सोधपुछ गरेको छ । ‘केही सामान काठ्माण्डौं पु¥याइएको पाइएको छ, यहाँ भएका सामानहरुलाई शिलबन्दी गरेका छौँ,’ प्रजिअ कार्कीले भने, ‘सबै सामान जम्मा गरेपछि मात्र लिलाम बिक्रीको प्रकृया, यसमा संलग्न लगायतका बिषयमा छानबीन सुरु हुन्छ ।’ मर्मत गर्दा काम लाग्ने एक्स–रे, भिडियो एक्स–रे, जेनेरेटर, एनेस्थेसिया ट्रली, बेड लगायतका उपकरण तथा सामानहरु लिलाम बिक्री हुँदा समेत चुपचाप बसेको भन्दै आलोचना भइरहँदा सबै दलका प्रमुख तथा प्रतिनिधिले दोषीलाई अबिलम्ब कारबाहीको दायरामा ल्याउन प्रशासन समक्ष माग सुरु गरेका छन् । उद्योग बाणिज्य संघको आग्रहमा गत भदौ–२१ गते शान्ति समितिकै कार्यालयमा बसेको सर्वदलीय बैठकले घट्नाका विषयमा सत्यतथ्य बुझ्न प्रशासनलाई गरेको आग्रह सुनुवाई नभएकाले कडारुपमा प्रस्तुतु हुनुपर्ने अवस्था आएको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले बताए । अस्पतालको उपकरण लिलामका बिषयमा अख्तियारले समेत चासो दिएको छ । 

जिल्ला अस्पतालले जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० थरिका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री गरेको ७ महिनापछि खुलासा भएको थियो । जिल्ला अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक निजी अस्पतालमा उपयोगमा ल्याउन लागिएको सार्वजनिक भएपछि अस्पतालले कम मूल्यामा उपकरण लिलाम गरेको खुलासा भएको हो । अस्पताल बिकास समितिलाई नै जानकारी नदिइ सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलेमतोको आशंका गरिएको छ । खोटाङ एकता सेवा समाजले लिलाम गरिएका उपकरण तथा सामान तत्काल शिलबन्दी गरेर दोषी पत्ता लगाएर कारबाही गर्न चर्को आवाज उठाएको दुई दिनपछि जिल्ला प्रशासन कार्यालयले भदौ–३१ गते दाहालको घरमा राखिएका २५ प्रकारका सामानलाई पहिलोपल्ट सिलबन्दी गरेको थियो । कसैलाई थाहै नदिइ सार्वजनिक सम्पत्ती लिलाम गरिएकाले सबैतिरबाट प्रश्न उठेको उद्योग बाणिज्य संघ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताए । 

कार्यालय प्रमुख संयोजक रहेको लिलाम बिक्री उपसमितिले गत फागुन–१६ गते अस्पतालमा थन्किएका उपकरण तथा सामान लिलाम बिक्रीका लागि १५ दिने सूचना टाँस गरेर चैत्र–२ गते लिलाम बिक्री गरिएको अस्पतालले जनाएको छ । पूरानो भएको, खिया लागेको, टुटफुट भएको, बिग्रिएको र भाँचिएर मर्मत संभार हुन नसक्ने अवस्था पुगेका उपकरणहरु लिलाम बिक्री गरिएको बताइए पनि कतिपय उपकरणहरु सिल प्याक नै नतोडिएको अवस्थामा लिलाम गरिएको स्वयं सामान खरिदकर्ताहरु बताउँछन् । दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले उपलव्ध गराएको भिडियो एक्स–रे मेसिन समेत लिलाममा परेको छ । श्रोतका अनुशार लिलाममा गएका भनिएका कतिपय कम्प्यूटर कार्यालयकै कर्मचारीले राखेको छ । नयाँ कम्प्यूटरलाई एक थाउँमा थन्को लगाएर राख्ने र पछि पूरानो भएको भनेर लिलाममा पारिएको श्रोतको भनाई छ । लाईफ लाईन नेपालका रामकुमार भट्टराईको निरिक्षण र मूल्यांकन पछि काम नलाग्ने ठहरिएका उपकरण लिलाम गरिएको जिल्ला अस्पतालका प्रमुख डा. रामबहादुर केसीले बताए । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post