sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » » » डिएसपी माझी र असई यादव विरुद्ध उजुरी, मानव अधिकार आयोगले थाल्यो अनुसन्धान

खोटाङ ९ कात्तिक
जिल्लाको च्यानडाँडा १ सेखुवा निवासी एक ७२ वर्षिया वृद्धालाई बोक्सीको आरोपमा मरणाशन्न हुने गरी भएको कुटपिटको गम्भीर घटनामा मानव अधिकार आयोगले अनुसन्धान सुरु गरेको छ ।
केही दिन अगाडी मात्रै आयोगको टोली घटनास्थलमा पुगेर प्रत्यक्षदर्शी विभिन्न व्यक्तिहरु जानकारी लिएको छ ।
यसअघि, पीडित पक्षले प्रहरीमा उजुरी दिएपनि प्रहरीले कागजात किर्ते गरेको, बोक्सी सम्बन्धी सजाय तथा कसुरमा मुद्धा चलाउनपर्नेमा झुक्याएर जालसाजी गरी सामान्य कुटपिट भन्दै सार्वजनिक अपराध शिर्षकमा मुद्धा चलाएपछि पीडित पक्षले मानव अधिकार आयोग लगायत सम्बन्धित निकायसँग न्याय दिलाईदिन गुहार मागेका थिए ।
सेखुवा निवासी धनगन्ज राई दम्पत्तिले जेठ दोस्रो साता आफ्नो नाबालक छोरो नबोलेको भन्दै बोक्सीको आरोपमा मरणाशन्न हुने गरी ती ७२ वर्षिया वृद्धालाई कुटपिट गरेका थिए । कुटपिटपछि घटनाको विषयमा थुप्रै स्थानीय भेला भएको ठाउँमा समेत राई दम्पत्तिले ती वृद्धालाई बोक्सी भन्दै औंला ठर्याएर छोरो बोल्ने नबनाए ज्यान लिने धम्की दिएको पीडित तथा प्रत्यक्षदर्शीको भनाई छ । तर प्रहरीले भने उक्त गम्भीर घटनामा दोषीलाई उन्मुक्ति दिने तवरबाट मुद्धा कमजोर बनाएर सार्वजनिक अपराध शिर्षकमा मुद्धा दायर गरेको छ ।
पीडित पक्षले उक्त विषयलाई सार्वजनिक शिर्षकमा मुद्धा फैसला नगर्न माग गर्दै बोक्सी सम्बन्धी सजाय तथा ऐन कसुरमा मुद्धा चलाउन माग गरेका छन् ।

मुद्धाको फैसला म बाटै हुन्छ : सिडिओ
खोटाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) चन्द्रबहादुर कार्कीले सार्वजनिक शिर्षकमा मुद्धा परेको भन्दै त्यो सिडिओ कार्यालयमा आईसकेकाले आफैंले मुद्धाको फैसला गर्ने बताएका छन् । पीडित पक्षले बोक्सी सम्बन्धी मुद्धा भएको र सार्वजनिक मुद्धा शिर्षकमा फैसला हुँदा न्याय नपुग्ने भन्दै पुनः छानबिनका लागि प्रहरीमा फिर्ता गराएर बोक्सी सम्बन्धी शिर्षकमा नै मुद्धा चलाउन आग्रह गरेपनि सिडिओ कार्कीले अब फिर्ता गर्न नमिल्ने बताएको पीडित परिवारले बताएका छन् । 'हामीले घटनाबारे सबै सिडिओलाई बतायौं, सुनिसकेपछि तपाईहरु अन्यायमा पर्नुभएछ, गल्ती तपाईहरुको  पनि भएको होला तर मुद्धा अगाडी बढीसक्यो, अब कानुनले तोके बमोजिम मबाटै फैसला हुन्छ भन्नुभयो', सिडिओको भनाई उदृत गर्दै एक पीडितले बताए ।

डिएसपी माझी र असई यादव विरुद्ध उजुरी
पीडित पक्षले प्रहरीले जालसाजी गरी मुद्धा चलाएको भन्दै खोटाङका तत्कालिन डिएसपी विद्यानन्द माझी र असई मनोज यादव विरुद्ध मानव अधिकार आयोगमा उजुरी दिएका छन् । स्रोतका अनुसार मुद्धामा बोक्सीको आरोप शिर्षकमा मुद्धा चलाउन माग गरेपनि सार्वजनिक अपराध शिर्षकमा चलाएको, मिलेमतोमा मुद्धा कमजोर बनाएको, उजुरीको विषयवस्तु पनि प्रहरीले नै किर्ते गरी मेटाएको भन्दै छानबिन गर्न माग गरिएको छ । प्रहरीमा उजुरी दिने क्रममा पीडित पक्षले कुन शिर्षकमा लेखौं भनेर वकिल नारायणदास राईकै सामुन्ने सोधे पनि असई यादवले आफूले पछि सबै मिलाउने भन्दै सार्वजनिक अपराध भनेर अहिले लेख्दा हुन्छ भनेकाले प्रहरीले भने जस्तै लेखेको तर पछि मात्र आफूहरुमाथि जालसाजी गरेको थाहा भएको पीडित पक्षले जनाएका छन् । त्यसो त उजुरीमा लेखिएको विवरण समेत प्रहरी कार्यालय भित्रबाटै केरमेट र काटेर अपरिचित व्यक्तिको औंठा छाप गरेको समेत बुझिन आएको छ । पीडित परिवारले उचित न्याय दिलाई दिन पहल गरिदिन समेत आयोगसँग माग गरेको आयोग स्रोतले बताएको छ ।
मानव अधिकारको टोली घटनास्थलमा
घटनाको जानकारी लिन मानव अधिकारको टोली च्यानडाँडास्थित घटनास्थल पुगेको छ । उचित कानुनी उपचार नपाएको तथा मानव अधिकारको पनि हनन् भएको भन्दै पीडित पक्षले आयोगसँग न्याय दिलाईन दिन माग गरे पछि आयोगको टोलिले घटनाको अनुसन्धान थालेको आयोगले जनाएको छ ।
प्रहरीले झुक्याएर कमजोर मुद्धा बनाई चलाएपछि न्याय नपाउने देखेर आयोगसमक्ष उजुरी दिएका छन्, आयोगले भन्यो, हामीले त्यसै विषयमा अनुसन्धान सुरु गरेका हौं ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post