sponsor

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » बाँदर धपाउन प्रशासन समक्ष माग

खोटाङ, १३ मंसिर । खोटाङको दिक्तेल नगरपालिका सहित पाँच गाबिसका किसानले बाँदर आतंक नियन्त्रणको माग गरेका छन् । 
खेतबारीमा लगाइएको धान, मकै, कोदो, गहुँ, आलु लगायतका बालीनाली बाँदरले सखाप बनाइदिने गरेको दिक्तेल, नेर्पा, दोर्पाचिउरीडाँडा र लफ्याङका किसानले बाँदर आतंक नियन्त्रणकालागि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका हुन् ।
 बाँदर आतंकले कृषि उत्पादनमा ¥हास ल्याएका कारण बसाई सर्नुपर्ने अवस्था आएकाले प्रशासनलाई गुहार्नु परेको स्थानीय शिबप्रसाद आचार्यले बताउनुभयो । किसानले बाँदर आतंक नियन्त्रणकालागि दिर्घकालिन कार्ययोजना बनाउन वा प्रत्येक किसानलाई उचित क्षतीपुर्तीको व्यवस्था मिलाउन माग गर्दै प्रशासनमा निबेदन दिएका छन् । 
बाँदरले बालीनाली नष्ट बनाएका कारण किनेको अन्न अन्नमा निर्भर रहनुपर्ने, बाँदरले घरभित्रै राखिएको अन्न खाइदिने, बाँदर धपाउनुपर्ने बाध्यताका कारण बालबच्चाको पठन–पाठनमा नकरात्मक अशर पुगेको लगायतका समस्या निम्तिएको निबेदनमा उल्लेख छ । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post