sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » फुटबलमा रतन्छाको साकेला मावि च्याम्पियन

खोटाङ, २९ कात्तिक । खोटाङ सदरमुकाम दिक्तेलमा आयोजित माबि स्तरिय छात्र फुटबल प्रतियोगीतामा साकेला माबि रतन्छाले प्रथम स्थान प्राप्त गरेको छ । आईतबार दिक्तेलस्थित माटिकोरे खेल मैदानमा सम्पन्न फाईनल खेलमा सरस्वती माबि दिक्तेललाई २ का बिरुद्ध ३ गोल गर्दै साकेला माबिले प्रतियोगीताको पहिलो उपाधि हात पारेको हो ।

 पहिलो खेल निर्धारित समयमा गोल रहित टुंगिएपछि ट्राइब्रेकरमा साकेलाले सरस्वती माबिलाई हराएको हो । थप समयमा समेत गोल नभएपछि खेल ट्राईब्रेकरमा पुगेको थियो । हारसँगै सरस्वती माबि दोश्रो स्थानमा खुम्चिएका छन् । प्रतियोगीतामा दिक्तेल इंलिस बोर्डिङ स्कुल र माउण्ट एभरेष्ट बोर्डिङ स्कुल सेमीफाइनलिष्ट भएको आयोजक खोटाङ फुटबल एकेडेमीले जनाएको छ । प्रतियोगीताका बिजेता टिमले नगद २० हजार, उपबिजेताले १५ हजार तथा फाइनलिस्ट दुई टिमले ५/५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । 
बिजेता टिमलाई प्रमुख अतिथिकारुपमा प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले नगद, ट्रफी र प्रमाणपत्र हस्तान्तरण गरे । विद्यालय स्तरबाटै फुटबलको व्यवसायीक बिकासका लागि एकेडेमीले व्यवसायी तथा शुभेच्छुकको प्रायोजनमा ‘खोटाङको पहिचान, खेलकुदको अभियान’ भन्ने नारासहित प्रतियोगीता आयोजना गरेको हो । प्रतियोगीताका बिजेता टिमलाई प्रमुख जिल्ला अधिकारी कार्कीले प्रोत्साहनस्वरुप एक हजार प्रदान गरे ।
 ‘लिग कम नकआउट’को आधारमा बिहिबारदेखि सञ्चालन गरिएको प्रतियोगीतामा सरस्वती माबि दिक्तेलका गोलरक्षक मिलन खत्री म्यन अफ दि म्याच घोषित भए । यस्तै, साकेला माबिका खेलाडी रामसुर राईले सर्बोत्कृष्ट खेलाडी, सरस्वती माबिका निकेस खत्रीले नवप्रतिभावान खेलाडी, दिक्तेल इंलिस बोर्डिङ स्कुल दिक्तेलका ताराजित राईले उत्कृष्ट गोलकर्ता, माउण्ट एभरेष्ट बोर्डिङ स्कुल दिक्तेलका सन्देश राईले बेस्ट मिड फिल्डर, सरस्वती माबिका गणेश बिकले बेस्ट डिफेन्सर, सरस्वती माबिका गोल रक्षक मिलन खत्रीले उत्कृष्ट गोलकिपर, सरस्वती माबिका बिप्लव श्रेष्ठले सर्वाधिक गोलकर्ता र दिक्तेल इंलिस बोर्डिङ स्कुलका सुरज राईले बेस्ट विङस्को उपाधि प्राप्त गरे । अनुशासित टिमको उपाधि हिमालय निमाबि सोल्माले पाए । प्रतियोगीतामा जिल्लाका ८ बिद्यालयले प्रतिष्पर्धा गरेको एकेडेमीका अध्यक्ष नूरकाजी शैंजूले बताए । बिद्यालय फुटबल लगायतका खेलको आधार हो,’ एकेडेमीका अध्यक्ष शैंजूले भने, ‘यसको बिकासकालागि आधारबाटै प्रयास गर्नु जरुरी भएकाले माबि स्तरका छात्र फुटबल प्रतियोगीता आयोजना गरिएको हो ।’ प्रतियोगीतालाई हरेक वर्ष निरन्तरता दिइने एकेडेमीले जनाएको छ । 
कालो पट्टीमा रेफ्री तथा खेलाडी 
खोटाङका दुई फुटबल खेलाडीको निधन भएको शोकमा एकेडेमीले प्रतियोगीताको उदघाटन खेलमा रेफ्री तथा खेलाडीलाई हातमा कालो पट्टी बाँधेर मैदानमा उतारेको थियो । फुटबलका क्षेत्रीय खेलाडी तथा राष्ट्रिय रेफ्रीको मान्यता प्राप्त दिपेश जोशी र फुटबलकै क्षेत्रीय खेलाडी प्रकाश थापाको निधन भएको शोकमा एकेडेमीले खेलाडी तथा रेफ्रीलाई कालोपट्टी सहित मैदानमा उतारेको जनाएको छ । ‘कालो पट्टी बिरोध स्वरुप लगाउने गरिए पनि खेलाडी गुमाएको शोकमा लगाइएको’ बताइएपछि आयोजकको आग्रह अनुशार खेलाडी र रेफ्री कालो पट्टी बाँधेर मैदानमा छिरेका थिए । दिक्तेल निवासी जोशीको कार्तिक २० गते र थापाको फिलीपिन्समा कार्तिक २३ गते निधन भएको थियो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post