sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » » जयराम पुल छिटो बनाई सक्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

काठमाडौं १ मंसिर । काठमाडौं र तराईबाट सिँधै सडक सञ्जालले जिल्ला जोड्ने खोटाङ–ओखलढुंगाको दुधकोशी नदीमा अवस्थित जयरामघाट पुल निर्माणमा भएको ढिलाईप्रति प्रधानमन्त्री पुष्पकमल दाहालले चासो देखाएका छन् ।

गत साता राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन तथा निरीक्षणका क्रममा खोटाङका स्थानीय बासिन्दासँगको भेटमा प्रधानमन्त्रीले छिटै पुल निर्माणको काम अघि बढाउन आवश्यक निर्णय लिने प्रतिबद्धता जनाएका थिए । 

२०६६ असार २३ गते पुल निर्माणको सम्झौता भई २०७० मंसीर १५ गतेसम्ममा सम्पन्न हुनुपर्नेमा हालसम्म सम्पन्न नभएपछि पुल निर्माण कार्यलाई तिब्रता दिन प्रधानमन्त्रीले पुल निर्माणसँग सम्बद्ध सरकारी निकायका अधिकारीहरुलाई सिंहदरबारमा बोलाएर पुल निर्माण ढिलो हुनुको कारणबारे चासो राख्दै चाँडो निर्माण सम्पन्न गर्न निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयका सचिव टंकमणि पौडेल, भौतिक योजना मन्त्रालयका सचिव धनबहादुर तामाङ, पूर्वाञ्चलका क्षेत्रीय प्रशासक शिबहरि सापकोटा, सडक विभागका निर्देशक देवेन्द्र कार्की लगायतका अधिकारीहरुलाई बोलाएर प्रधानमन्त्रीले आगामी चैत्र मसान्तभित्र पुल सक्ने गरी काम गर्न निर्देशन दिएको दाहालको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले ठेकेदारको लापरबाहीका कारण पुल निर्माणमा ढिलाई भएको भन्ने स्थानीयबासीको गुनासो स्मरण गराउँदै समयमै काम नसके ठेकेदारलाई कार्बाहीको दायरामा ल्याउन पनि निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको चासोपछि भौतिक पूर्वाधार सचिव र सडक विभागका निर्देशकले ठेकेदारहरुलाई बोलाएर छिटो पुल निर्माणका लागि सचेत गराउने र समयमै सम्पन्न नभए कार्बाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

र यो पनि

दुई सांसदका कारण जयरामघाट पक्की पुल ६ वर्षमा पनि बनेन

सडक विभागमा जुकाहरु छन्, रगत छदाइन्छ, सन्दर्भः पुल निर्माण ढिलाई

जयरामघाट र फोक्सिङटार पुल नबनाएको भन्दै सडक विभाग घेराउ

मन्त्री पाण्डेलाई सर्वसाधारणको धारे हात ! 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post