sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

» » २५ स्थानमा सौर्य बत्ती जडान गर्ने तयारी

खोटाङ, ४ मंसिर । खोटाङको दिक्तेल नगरपालिकाले नगरपालिका भित्रका २५ स्थानमा सौर्य बत्ती जडान गर्ने तयारी गरेको छ । 
नगरपालिकाले नगरपालिकाका बिभिन्न स्थानमा प्रतिवटा एक लाख ३० हजार पर्ने सौर्य बत्ती जडान गर्ने तयारी गरेको हो । नगर समितिको बैठकले तोकेका २५ स्थानमा माघ १५ सम्ममा २५ वटा सोलार राखिने दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताउनुभयो ।

 रातका समयमा अन्धकार रहने नगरपालिकाका बिभिन्न चोकलाई उज्यालो बनाउनकालागि ‘रातमा आफै बल्ने र उज्यालोमा आफै निभ्ने’ खम्बा र सोलार सहितको अटोमेटिक सौर्य बत्ती राख्न लागिएको नगरपालिकाले जनाएको छ । सौर्य सडक बत्ती कार्यक्रमको २१ लाख ४५ हजार, नगरपालिकाको ६ लाख ४० हजार र उपभोक्ताको ४ लाख ९५ हजार गरी ३३ लाखको लागतमा सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । रातका समयमा आवतजावत गर्ने स्थानीयको सहजता एबं सम्भावित दुर्घटनालाई न्युनीकरणका लागि सौर्य बत्ती जडानको योजना बनाइएको हो । 

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post