sponsor

समाचार

वैदेशिक समाचार

विशेष

गतिविधि

सेराेफेराे

राष्ट्रिय समाचार

» » » स्थानीय तहको विषयममा छ गाविसमा अनिश्चितकालिन बन्द आह्वान

खोटाङ, ३० कात्तिक । आफ्नो प्रस्ताव विपरित स्थानीय तहको खाका पठाइएको भन्दै खोटाङका लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाविसमा अनिश्चितकालिन बन्द गरिएको छ । 

लामीडाँडा, खार्पा, कुभिण्डे, हौंचुर, डुम्रेधारापानी र दुबेकोल गाबिसलाई समेटेर रावा गाउँपालिका बनाउन माग गर्दै आएको संघर्ष समितिले आफ्नो माग सम्बोधन नभएको भन्दै बुधबारदेखि अनिश्चितकालिन बन्द आव्हान गरेको हो । बन्दका कारण ६ वटै गाविसका सरकारी कार्यालय, विद्यालय, संघसंस्था, यातायात सेवा प्रभाबित भएका छन् । आफ्नो मागलाई बेवास्ता गरेकाले कडा संघर्षमा उत्रनु गरेको संघर्ष समितिका संयोजक फटिककुमार श्रेष्ठले बताउनुभयो । गत साउन २२ गते बसेको भेलाले कुभिण्डेको हरम्टार केन्द्र रहने रावा गाउँपालिका बनाउन संघर्ष समिति बनाइएको थियो । 

यस्तै, साकेला गाउँपालिकामा प्रस्ताव गरिएको टेम्मा गाबिसलाई दुई वडा बिभाजन गरेर दिप्रुङ गाउँपालिकामा समाबेश गर्न, दिप्रुङ गाउँपालिकाको नाम चुइचुम्मा थुम तथा केन्द्र पैयूँडाँडा–गौँडे भञ्ज्याङ तोक्न माग गरिएको छ । स्थानीयले साउनेचौंरको सिन्ताङ केन्द्र रहने प्रस्ताबित बराहपोखरी गाउँपालिकाको केन्द्र परिवर्तन गर्न माग गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया

«
Next
Newer Post
»
Previous
Older Post